logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पत्रकारमाथिको नियन्त्रणप्रति भर्सना


  • जन आकाश
  • बिहिबार, पुष २३ २०७७

काठमाडौं । जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, सो संगठनका उपत्यका संयोजक मानध्वज लामा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तलाई पौष २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति क्रान्तिकारी पत्रकार महासंघले भर्सना गरेको छ । उसले भनेको छ ।



प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता विरोधी राज्यको यो फासिवादी चरित्र प्रदर्शनको हाम्रो संगठन घोर भत्र्सना गर्दै कडा शब्दमा निन्दा गर्दछ ।

पत्रकारहरु लामा र पन्तलाई २० गते साँझ छाडिए पनि जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्मालाई प्रहरी हिरासतमै राखिएको छ । पत्रकार विश्वकर्मालाई विना शर्त यथाशिघ्र रिहाई गर्न जोडदार माग गर्दछ । साथै, पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व बोकेको राज्य प्रशासनबाटै यसरी प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न समेत माग गर्दछ ।

प्रहरी प्रशासनले भने बिश्वकर्मा पत्रकारको रुपमा उनको शंकास्पद गतिविधि देखिएको हुनाले उनलाई तत्काल छाड्न नसकिने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend