जन आकाश
काठमाडौ । बिगतमा जनयुद्ध लडेका र शान्तिप्रक्रियामा आएपछि बहिर्गमनमा परेका जनमुक्ति सेनाहरुले आफ्ना मागहरु सुनाईहोस भनि सरकारको ध्यानकर्षण गराएका छन् । आज एक बिज्ञप्ति जारी गदै उनिहरुले भनेका छन् ।
बहिर्गमन जनमुक्ति सेना नेपालले आत्मसम्मान र अधिकार स्थापनार्थ २०६६ सालदेखि नै आफ्ना अधिकारको लागि संर्घष गदै आएको र कयौपटक सरकारसँग वार्ता, सम्वाद, सहमति सम्झौताहरु गदै आएको तर सरकारसँग भएका सम्झौताहरु कार्यन्वयन नभएको हुनाले बिशेष गरेर बाल सेनाको ब्यवस्थापन, घाईते तथा अपाङग, बेपत्ता परिवारको ब्यवस्थापनको नाममा केही ngo, ingo हरुले बिगत लामो समयदेखि गलत क्रियाकलाप गरिरहेको बिषयमा सरकारलाई हाम्रो संगठनले अवगत गराउदै आएको छ ।
तर सरकारले त्यस्ता ngo, ingo लाई कारवाही गर्न सकेको छैन । बिशेष गरेर -nepal peace building initiative) त्यर्सथ त्यस्ता संस्थालाई कारवाही गर्न जोडदार माग गर्दछ भनि उल्लेख गरेको छ । बिज्ञप्तिमा संयोजक अर्जुन बुढाथोकी र सचीवमा शोभा पराजुलीले हस्तक्षर गरेका छन् । नेकपाको विवाद बजारमा छतछुल्ल भएजस्तै बहिर्गमनको पनि कुन गुटको हो भन्ने एकिन नभए पनि नेपालमा अस्थिरताको लागि बिदेशीहरुले खेल्ने यो पनि एउटा मशला भएको हुनसक्छ ।
स्मरणीय रहोस जनयुद्ध कालभरी उत्पादनको कुरा गर्ने संगठनमा लागेका बहिर्गमनका सदस्यहरुले नेपालमा बिदेशीले कसरी खेल्दा रहेछन् भन्ने बुझेर आत्मनिर्भर देश बनाउन पनि सोच राख्ने हो की ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend