logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत


  • जन आकाश
  • बिहिबार, पुष २३ २०७७

काठमाडौं । राष्ट्रपति समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।



प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६ ÷०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसमेत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको राष्ट्रपति कार्यालयले जनाएका छन् ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालमा राजनीतिको नाममा धेरै खालका ष¥यन्त्रण हुदै आएका छन् । यतिवेला नेपालमा नेकपा नेकपा नामको रडको चलिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend