logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तराईमा ओलीलाई जनमत पार्टीले साथ दिने


  • जन आकाश
  • शुक्रबार, पुष २४ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएसँगै मधेसमा आफ्नालागि ‘स्पेस’ खोजिरहेका छन् । प्रधानमन्त्री ओलीलाई यतिबेला सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले तराई मधेसमा राजनीतिक स्पेसका लागि सघाइरहेको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकै दिन जनमत पार्टीका केन्द्रीय सदस्य मोहम्मत अब्दुल खानले विज्ञप्ति जारी गरी संसद विघटनको घटनालाई ‘दुःखद्’ भनेका छन् । तर त्यसपछि प्रधानमन्त्री ओलीको सो कदमका विरुद्ध जनमत पार्टी रहस्यमय रुपमा मौन बसेको छ । बरु सो पार्टी जोडतोडका साथ चुनावको तयारीमा लागेको छ ।

प्रतिनिधिसभा विघटनलगत्तै जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद् घटना हो । यस विषयमा हाम्रो पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको अवस्था छ । साथै पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको छ ।’

जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै जनमत पार्टीले भ्रष्टाचारलाई घर–घरमा पु¥याएको, भागबण्डा र आपसी लुछाचुँडीको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामकै रूपमा संघीय सदन विघटन हुनुपरेको ठहर गरेको थियो ।

 

पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर कायम जिताउन जनतासँग सो पार्टीले अनुरोध पनि गरेको छ ।
जिल्ला, पालिकाहरुमा अधिवेशन गर्दै चुनावको तयारीमा जुटिसकेको जनमत पार्टीले मधेसमा आन्तरिक रुपमा प्रधानमन्त्री ओलीलाई सघाइरहेको तथ्यलाई सो विज्ञप्तिले पनि संकेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend