जन आकाश
काठमाडौ । प्रगतिशील युवासंघको यहि २३ गते रातोपुल केन्द्रीय कार्यलयमा बसेको बैठकले आउदो माघ १७ गते बागमति प्रदेश भेला गर्ने निर्णय गरेको छ । पार्टीका स्थाई कमिटी सदस्य डम्बर श्रेष्ठको प्रमुख अतिथि प्रगतिशील संघका अध्यक्ष दिनेश खातीको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो । हाल निस्क्रिय रहेको प्रगतिशील युवासंघ नेपाललाई पार्टीकै केन्द्रीय सदस्य दिनेश खाती, केन्द्रीय सदस्य मोहन कार्की, बैकल्पिक केन्द्रीय सदस्य बसन्त पाण्डे लगायतको पुर्ण सक्रियतामा नेकपा (माले)ले मैदानमा उत्रारेको छ ।
त्यसैगरी सो बैकले १ प्रदेशको भेला फागुन १ गते झापा वा सुनसरीमा गर्ने भनि निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि धेरै पार्टीहरुले आफ्नो सक्रियता बढाएका छन् । चुनावको लागि एजेण्डा जनतामा पु¥याउन यतिवेला प्रगतिशील युवासंघ नेपाल पनि लागिपरेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend