जन आकाश
झापा ।भद्रपुर : ओम साइ पाथिभरा हस्पिटल भद्रपुरका कर्मचारी आबद्व सस्था ओम साइ पाथीभरा वेलफेर फन्डले आज आफ्नो दोश्रो वार्सिक उत्सबको अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोभिड १९ को महामारीको समयमा रक्तदान अति आवस्यक देखिएकोले नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा अस्पतालका निर्देसक बालकुमार पोख्रेल ,ॐ शाहि हस्पिटल का निर्देशक समाजसेबि बालकुमार पोख्रेल र श्रीमति द्रौपदा नीलम पोखरेल लगायत ५५ जनाले रक्तदान गरेका छन् ।
दुई वर्ष अगाडि बिनय उप्रेतिको अध्यक्षतामा अस्पतालमै कार्यरत कर्मचारीहरुको हित तथा उपचार सगयोग सेवाको लागि स्थापित सो सस्थामा हाल ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत चिकित्सक सहित जम्मा १७६ जना कर्मचारि सदस्य रहेको अस्पतालका प्रसासन प्रमुख मनोज दाहालले जान्कारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend