जन आकाश
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता व्यक्त गरेका छन् । २९९ औँ पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।
उनले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्रनिर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ ।’ पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’
उनले राष्ट्रिय एकताका लागि गाँठो बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै भनेका छन्, ‘यसको औचित्य हिजो पनि थियो, आज पनि छ । भविष्यमा पनि रहनेछ ।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend