logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मल खरिदको ठेक्का सम्झौता रद्ध, शैलुङ र मुक्तिनाथ ठेकेदारको धरौटी जफत


  • जन आकाश
  • सोमबार, पुष २७ २०७७

 



काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कम्पनीलाई फेरि कारबाही गरेको छ ।

सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।

यो सँगै शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का रद्ध भइसकेको छ ।

‘धरौटी जफत र कालोसूचीको प्रक्रिया थाल्ने निर्णय भएको छ,’ प्रबन्ध सञ्चालक भण्डारीले भने । यससँगै यो वर्ष मल खरिदको ठेक्का पाएका कुनै पनि नेपाली कम्पनीले मल ल्याउन नसकेको कम्पनीले जनाएको छ । साढे ६ अर्ब बढीको मल आयात गर्न गत आर्थिक वर्षको ६ वटा ठेक्का नेपाली कम्पनीले पाएका थिए ।

शैलुङले तेस्रो ठेक्काबापत पुसमा २५ हजार मेट्रिकटन युरिया मल आयात गर्नु पर्थ्यो । उक्त परिमाणको मल खरिद गर्न कम्पनीले ९४ करोड ६ लाख ९३ हजार भन्दा बढी रकमको ठेक्का हत्याएको थियो ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मंसिरमा २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल ल्याउनुपर्ने थियो । दुबै ठेक्काको कुल रकम एक अर्ब ८५ करोड भन्दा बढी थियो ।

तोकेको समयमा मल खरिद गर्न नसकेको भन्दै तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल नामक ठेकदार कम्पनीलाई यस्तै प्रकृतिको कारबाही गरेका थिए ।

नेपालमा समयमा काम गर्न नसक्ने ठेकेदारहरुलाई सरकारले गर्न सक्ने भनेको धरौटी जफत मात्र हो । तर अन्य देशमा भने समयमा काम गर्न नसकेर देशलाई नोक्सान पु¥याएको क्षतिपुर्ति समेत भराउने गर्ने गर्दछन् । त्यो अभ्याश नेपालले पनि गर्न सकेको खण्डमा राजनीति पहुचको आधारमा गरिने यस्ता चलखेल सदाका लागि बन्द हुन्थे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend