जन आकाश
काभ्रे । आज काभ्रे रोशी गाउपालिका ४ स्थित जोगेस्वर माबिमा अध्ययनरत विद्यार्थीहरुलाइ सानिखोला लेम्बाबेसी युवा क्लबले झोला बितरण गरेको क्लबका अध्यक्ष निर्मल लामाले जानकारी गराएका छन् ।
कार्यक्रमकाको प्रमुख अतिथि पुर्व सांसद तथा नेपाली काङ्ग्रेसका नेता तिर्थ लामा, विशिष्ट अतिथि युवा संघ नेपालको केन्द्रीय कोषाध्यक्ष अमित लामा,वि.व्य.स.अध्यक्ष जमान सिं लामा वडा अध्यक्ष तेजबहादुर मगर लगायतको आतिथ्यमा कार्यक्रम भएको थियो
कार्यक्रमको सभापति निर्मल लामाले गरेका थिए।
निर्मल लामा त्यस स्कुलका पुर्व विद्यार्थी हुन । उनको नेतृत्वमा गएको बर्ष मात्र आधिकारिक रुपमा सानिखोला लेम्बाबेसी युवा क्लब स्थापना भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिर्थ तामाङले युवाहरुको जोसलाइ मर्न नदिने र आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जमान सिं लामाले यश स्कुलमा पढेका थुप्रै विद्यार्थीहरुले विभिन्न निकायमा पुगिसकेको र बिद्यालयको ब्यवस्थापन पहिलाको तुलना आफू अध्यक्ष भएर आएपछि निकै सुधार भएको बताएका थिए।
क्लबले अर्को नागदेबी स्कुलमा पनि झोल बितरण गर्ने तयारी रहेको बताएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend