logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिज्ञापन संघमा धितालको नेतृत्वमा १४ कार्यसमिति चयन


  • जन आकाश
  • मंगलबार, पुष २८ २०७७

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।



यहि पुष २६ गते सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

 

संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका छन् । साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।

निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने दाबी गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल, महासचिव कृष्ण घिमिरे, चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा पंकजलाल प्रधान, सचिवमा सन्ताष खड्का, सहकोषाध्यक्षमा जीवन पोख्रेल, चयन भएका छन् ।
सदस्यहरुमाः बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोखरेल, कृष्णकुमारी लामिछाने, बिधान राजभण्डारी, चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend