logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गजल


  • जन आकाश
  • बुधबार, पुष २९ २०७७

ड. गोपाल पौड्याल मण्डने



शह अध्यक्ष
नेपाली साहित्य बिकास परिषद युके।
गजल

मेरो माया टाढा बसेरै फटाउन थाल्यौ रे ।
सधैंभरी हिसाब गरी, घटाउन थाल्यौ रे।

आफ्नो स्वार्थ पूरा गरेर बलियो भएपछी
फेस् बुकका पानाभरी नै अटाउन थाल्यौ रे।

माया,ममता,इज्जत् सस्कार सबै बिर्सिएर
मोज गर्नलाई् मेरो डलर् सटाउन थाल्यौ रे।

जुगौ जुग सङै बाच्ने कसम् खान्थ्यौ हैन हिजो
त्यही कसम् ब्याइफ्रेण्ड्लाइ रटाउन थाल्यौ रे।

दिनदिनै हात समाइ् हजुरको छाया भन्थ्यौ
अहिले आँखा चिम्ली डाडा कटाउन थाल्यौ रे।

मेरो मुटु मेरो प्राण नै हौ भन्थ्यौ छोरीलाई
तर आज मेरो नै पैसा खटाउन थाल्यौ रे।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend