logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामाजिक अभियान्तको नाममा गैरकानुनी धन्दा फस्टाउदो


  • जन आकाश
  • बुधबार, पुष २९ २०७७

काठमाडौं । नेपाल मात्र यस्तो देश हो । जाहा कुनै पनि कुराको मापदण्ड छैन । लोकतन्त्रको नाममा जसले जे गरेपनि हुने, त्यस्तै अहिले नेपालमा कुनै निकायमा दर्ता नभएका सामाजिक अभियान्तको नाममा जतिपनि पैशा उठाउने कोही कोही त किड्नी पिडीतलाई समेत भनेर पैशा माग्दै हिडेका देखिन्छन् । त कोही कोही अस्पतालमा कुनै मान्छेको नाम लिएर बिरामीलाई भनेर पैशा उठाउदै हिडेको देखिन्छ । तर ति पीडितको खोजि गर्दा भेटिदैनन् । कुनै कनै त प्रहरीको खोरमा समेत पुगिसकेका छन् ।



कुनै कुनै त धेरै पैशा उठाएर भागबण्डा नमिलेको कारण ग्याङ फाईट समेत चलेका कारण केश प्रहरीकोमा समेत पुगेर त्यस्ता अभियान्तको नाममा रकम उठाउने अभियान्त भन्दै हिड्नेहरुलाई कानुनी रुपमा कानुन नभएको कारणले प्रहरीले सार्वजनिक मुद्दा चलाएर छोड्नु परेको प्रहरी कार्यलयले जनाएको छ । अचेल अभियान्तको नाममा हुने हुल दङगा देखि अनेक खालका अप्रदोहरु समेत सामाजिक अभियान्तको नामवाट हुने गरेको छ ।

हुनत कतिपयले सामाजिक सञ्जाल प्रयोग गरेर राम्रा कामहरु पनि नगरेका होईनन् बिदेशमा मृत्युदण्डको सजाय सुनाएका नेपालीहरुलाई ब्लडमनी सामाजिक सञ्जालको प्रयोग गरेर रकम उठाई बिदेश पठाएर उद्धार गरेका घटनापनि छन् ।

तर पछिल्ला समय काम गर्न अल्छीहरु सामाजिक सञ्जालमा के के बहाना बनाएर मानवीय संवेदना देखाई ठग्नेहरुको कमि देखिदैन । यसको नियन्त्रण नगर्ने हो भने भोलिको दिनमा यसको असर बास्तविक पीडितहरुलाई अफ्ठ्यारो पर्दा मानिसहरुमा कालुले बाग बाग आयो भनेर धेरै चोटि ढाटेको घटना जस्तो मिल्न जान सक्छ । धेरै पटक धेरै खालका अभियान्तहरुले मानवीय संवेदना देखाएर झुक्याई सकेको हुनाले भोलिका दिनमा बास्तविक पीडितले सहयोगको अपेक्षा राख्दा त्यसको असर त्यहा पर्ने देखिन्छ । त्यसकारण सामाजिक क्षेत्रमा कामगर्ने उदेश्य वाहेकका कुनै काही दर्ता नभएका सामाजिक अभियान्तको नामवाट भईरहेका कामहरु बन्द गर्नुपर्ने देखिन्छ । यस बिषयमा सम्बन्धित निकायले ध्यान देवस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend