logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

व्यंग्यात्मक सुसेलीहरू


  • जन आकाश
  • बुधबार, पुष २९ २०७७

दुर्गा अधिकारी भमरकोटे



लेखेँ सुसेली
राष्ट्रियता उचाली
नेता पखाली ।१

माथि गजुर
व्यंग्य छैन हाँसो नै
गरौँ हजुर ।२

खेर गएछन्
आरोप प्रत्यारोप
सुरु भएछन् ।३

देश दुख्दैछ
सत्ता र स्वार्थ भित्र
नेता लुक्दैछ ।४

नेता गएछन्
व्यंग्य हैन हाँसोका
पात्र भएछन् ।५

नेता निर्घिणी
यिन्कै पेट भरिन्न
जनता ऋणी ।६

मुला मौलाए
मनपरि गर्दैछन्
नेता बौलाए ।७

बाचा तुहिए
बोराका आलु जस्तै
नेता कुहिए ।८

घुसखोरको
संम्रक्षण गर्दिने
कस्तो नेता हो । ९

अनादर यो
सही बस्छौ कसरी
भोट दिने हो । १०

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend