logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ३५ औं भर्चुअल काव्य गोष्ठी सम्पन्न


  • जन आकाश
  • बिहिबार, माघ १ २०७७

 



काठमाडौ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा एबं बरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीकाे प्रमुख आतिथ्यतामा ३५ औं काव्य गाेष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा,गाेविन्द घिमिरे वेदमणी,ठाकुर शर्मा,पूर्ण पन्त,लक्ष्मी प्रसाद मिश्र,दुर्गा अधिकारी रिमाल,खगेन्द्र प्रसाद वस्याल,आर्त अकुलीन,सुधा बास्काेटा ढकाल,विन्दू दहाल मुकदर्शक,गंगा गहतराज अभिलाशी,सिता विष्ट कार्की,गंगा लिगल,चन्द्रा न्याैपाने,शारदा आचार्य,रविन्द्र आशिस,द्वारिका कुइकेल,लगायत १८ जना साहित्यकारहरूले आ- आफ्ना रचना वाचन गर्नु भइ सम्पन्न गरिएकाे थियाे ।

डा बम बहादुर थापाले नेपाली सेनाले गरेकाे राष्ट्र व्यापी कविता प्रतियाेगितामा जनार्दन अधिकारी धड्कन उत्कृष्ठ तीस भित्र पुरस्कृत हुनु भएकाेमा बधाइ ज्ञापन गर्नु हुँदै खाेरिया लाेक प्रिय हुँदै गएकाे र धेरै स्रष्टाहरूले यसमा कलम चलाउनु भएकाे प्रति खुसी व्यक्त गर्नु भयाे ।
कार्यक्रममा सहभागी सवैले खाेरिया वाचन गर्नु भएकाे थियाे ।सुधा वास्काेटा ढकालकाे सुन्दर उद्घाेषणबाट सन्चालन भएकाे कार्यक्रमकाे अन्त्यमा अध्यक्ष जनार्दन अधिकारीले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु हुँदै खाेरियाकाे प्रवर्तककाे हैसियतले धेरै स्रष्टाहरूले खाेरियामा कलम चलाउनु भएकाे प्रति खुसी र गर्व महसुस् भएकाे भन्नु हुँदै कार्यक्रमकाे समापन भएकाे घाेषणा गर्नु भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend