logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कृषि तथा पशुपंक्षी विकाससम्बन्धी कार्यक्रम विवरण पठाउन सबै तहलाई पत्रचार


  • जन आकाश
  • बिहिबार, माघ १ २०७७

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सबै प्रदेश तथा स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८–७९ मा मन्त्रालयसँगको सहकार्य तथा लागत साझेदारीमा सञ्चालन गर्न आवश्यक कृषि तथा पशुपंक्षी विकास सम्बन्धी कार्यक्रम तथा अनुमानित लागतको विवरण पठाइदिन सबै प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरेको जानकारी दिएको



छ ।

मन्त्रालयले इमेल ठेगाना  planning.moald@gmail.com  मा विवरण उपलब्ध गराइदिने व्यवस्थाका लागि सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सबै स्थानीय तहहरूमा पत्राचार गरेको हो ।

आगामी आर्थिक वर्ष २०७८– ७९ मा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सञ्चालन हुने सशर्त अनुदान कार्यक्रमका लागि मन्त्रालयले विवरण पठाउन अनुरोध गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend