जन आकाश
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अप्m नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एच् डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रम सँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै भोईस अफ नेपालले पनि देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु बाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको दावी सिटी एक्सप्रेसले गदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend