logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्रीले न्यायाधीशहरूलाई नभेटेको स्पटोक्ति


  • जन आकाश
  • शनिबार, माघ ३ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको स्पटोक्ति दिएका छन् ।



शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई नभेटेको स्पटोक्ति दिएका छन् । उनले भनेका छन् । ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’ उनले भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको छैन, शायद चिनेको पनि छैन ।’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्री ओलीले पुस २६ र २७ गते चार जना न्यायाधीशलाई भेटेको खबर आएको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।

रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा नगर्नुस् भन्दै रोकेका थिए ।

प्रधानमन्त्री ओलीले भने न्यायप्रणालीमाथि विश्वास घटाउन झुट प्रचार गरेको बताए । सर्वोच्चले खण्डन गरिसक्दा पनि केही सञ्चारमाध्यमले प्रश्न उठाएको भन्दै उनले भने, ‘हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ, आज फेरि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो र भनेर समाचार आएको छ ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने मन्त्रिपरिषदको निर्णयमा संविधानको धारा नखुलाइएको विषयमा समेत स्पष्टीरकण दिएका छन् । उनले अघि भने, ‘प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारामा छ ?

आफूले गरेको सिफारिसमा धारा ७६ को (१) र (७) तथा धारा ८५ उल्लेख रहेको भन्दै मन्त्रिपरिषदबाट निर्णय नगराएपनि हुने अवस्थामा छलफल गराएको दाबी गरेका छन्
।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend