logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दोरम्बामा मगर सामुदायिक भवन सिल्यान्यास


  • जन आकाश
  • आइतबार, माघ ४ २०७७

रामेछाप । रामेछापको दोरम्बा गाउपालिका २ मानेमा अवस्थित सामाजिक संस्था माने मगर युवा समाजको लागि आरसिसि भवन सोही गाउपालिकाका अध्यक्ष त्यस सिल्यान्यास भवन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कमानसिं मोक्तानले यहि माघ २ गते सिल्यान्यास गरेका छन् ।



उक्त कार्यक्रममा बिशेष अतिथि सोही गाउँपालिकाकी उपाध्यक्ष कृशला धिसिङ, अतिथिमा वडा न. २ का वडा अध्यक्ष खडक बहादर श्रेष्ठ, सोही वडाका वडा सदस्यहरु बम बहादुर मगर, रञ्जित मोक्तान, लगायत बिभिन्न पार्टीका प्रतिनिधिहरु साथै माने टोल सुधार समितिका संयोजक बीरु तामाङ–भुमेथान सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डम्वर बहादुर मोक्तान, अबिभावकत्व बखत बहादुर मगर लगायतको उपस्थितिमा भवनको सिल्यान्यन्यास भएको संस्थाका सचीव त्यस कार्यक्रमका सञ्चालक समेत गरेका गोमान जर्का मगरले जानकारी दिएका हुन् ।

उक्त सिल्यान्यासकै अवसर पारेर संस्थाले बिभिन्न ब्यातिmहरुलाई सम्मान पत्र, संस्थाको आजिवन सदस्य बनेका गएको कार्यक्रममा पमाण पत्र लिन छुटेका ब्याक्तित्वहरु ज्ञानु माया मगर, गंगा रानामगरलाई प्रमुख अतिथिको हातवाट आजिवन सदस्यताको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । त्यस कार्यक्रमको स्वागत मन्तब्य त्यसै संस्थाका कोषाध्यक्ष झम्क बहादुर मगरले गरेका थिए । सोही सिल्यान्यास कार्यक्रममा मगर कर्मकाण्ड अनुसार मगरको भुशाल (पण्डित) टंकलाल मगरवाट पुजापाठ गरी प्रसाद ग्रहण गरिएको थियो ।
कार्यत्रमको सभापतित्व त्यस समाजकी अध्यक्ष देउ कुमारी मगरले गरेकी थिईन । कार्यक्रमलाई आकर्षण बनाई भब्य रुपमा सफलता पुर्वक सम्पन्न गर्न त्यसै समाजका सचीव गोमान जर्का मगर लगायत संस्थाका टिमको महत्वपुर्ण भुमिका रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend