जन आकाश
गजल
बहर मुतकारिब मुसम्मन सालिम
नदी ताल छाँगा ,, मेरै देशमा छ
गुराँसै त्यो ताजा ,, मेरै देशमा छ
लिएरै गगनको,,, छवि वक्षमा नै
निलो ताल रारा ,,,,,,मेरै देशमा छ
उदाएर भाष्कर,,,टलक्कै बिहानी
हिमानी त्यो आभा,मेरै देशमा छ
लगाएर बाली,,,,,भिरैको गरामा
हरियाली पाखा,,,,मेरै देशमा छ
छ संस्कार हाम्रो,अनौठो अनौठो
पछ्यौरी र जामा ,,मेरै देशमा छ
कुहु कुहु गर्छे ,मिठो बोली क्वैली
रमौने बहाना,,,,,,,,मेरै देशमा छ
मिहिनेत धेरै,,,,,,,,गरे के हुदैनन्
पसिनाको आँटा ,,,,मेरै देशमा छ
अनुराधा शर्मा
काठमाडौं
२०७७–०५–
०१
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend