logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील अपाङग संघ पुनः गठन, अध्यक्षमा कार्की


  • जन आकाश
  • सोमबार, माघ ५ २०७७

काठमाडौ । नेकपा(माले) निकट प्रगतिशील अपाङग संघको पुनः गठन भएको छ । नर कुमारी कार्कीको अध्यक्षमा १५ सदस्य केन्द्रीय समिति तय भएको नेकपा(माले) सचीवालयले जानकारी दिएको छ ।



यहि ३ गते पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भेलाले नर कुमारी कार्कीको अध्यक्षतामा १५ सदस्यिय केन्द्रीय कमिटी गठन गरेको हो ।
नवगठित कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष हरि गुरुङ, महासचिव सरिता थुलुङ, सचिव अनु राई, कोषाध्यमा इश्वरि न्यौपाने रहेका छन् । अन्य सदस्यहरुमा क्रमशः रामकाजि मिजार, श्यामसुन्दर केसी , राधिका खरेल, मञ्जु कार्की, शान्ति राई, सुजन परियार, पुर्ण घिमिरे रहेका छन्। भेलालाई नेकपा (माले) का स्थायी कमिटी सदस्यद्वय डम्वर श्रेष्ठ र सुरेन्द्र ढकाल तथा अखिल (पाँचौ) का अध्यक्ष तथा बैकल्पीक केन्द्रीय सदस्य घनश्याम मिश्र लगाएतको उपस्थितिका औपचरिता दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend