जन आकाश
काठमाडौं । गण्डकी प्रदेशका विशाल पौडेलले चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी भएका छन् ।
विशालले मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा प्रदेश १ विरुद्ध लगातार ३ विकेट लिएर उक्त सफलता हात पारेका हुन् ।
उनले राजन मगर, मनोज तामाङ र हेमन्त राईलाई २८ औं ओभरको दोसो, तेसो र चौथो बलमा आउट गरे ।
खेफमा विशालले ६.४ ओभर बलिङ गर्दा २५ रन खर्चेर ४ विकेट लिए । विशाल र सुवास भण्डारीले ४(४ विकेट लिएपछि प्रदेश १ ले २७.४ ओरमा सबै विकेट गुमाएर १०२ रनमै अलआउट भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend