logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

किसानमाथि खेलवाड गर्ने ठेकदारलाई कारर्वाही गर 


  • जन आकाश
  • मंगलबार, माघ ६ २०७७

किसानहरुले प्रयोग गर्ने रासायनिक मल ल्याउनको लागि ठेक्का हालेर समयमा मल ल्याउन नसक्ने ठेकेदार कम्पनीलाई कारर्वाही गर्नुको सट्टा बचाउन लागेको समाचारहरु आईरहेका छन् । यो नेपालको लागि र्दुभाग्य हो । गएको पुष २७ गते तोकेको समयमा मल ल्याउन नसकेका मुक्तिनाथ र शैलुङ ईन्टरप्राईजेज कम्पनीको धरौटी जफत गर्ने निर्णय गरिएको कृषि कम्पनी लिमिटेडले गरेको थियो ।
तर उक्त निर्णय उल्टाउने गरी कृषि मन्त्रालयवाट कारर्वाही गर्नुको साट्टो उनिहरुलाई सफाई दिने गरी निर्णय भएको सञ्चार माध्यममा अएको छ यदि सञ्चार माध्यममा आए जस्तै सत्यता हो भने । कृषि प्रधान देश भनेर रटाईने नेपालमा किसानको पक्षमा काम नहुदो रहेछ भन्ने सन्देश आम मानिसमा जान्छ । पहुचको आधारमा शक्तिको दुरुपयोग गरेर कोही कसैले नियम बिपरित कार्य गरेको छ भने त्यस्ता ब्याक्तिलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ ।



समयमा तोकेको काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई कृषि कम्पनी लिमिटेडले कारर्वाही गरिसकेको अवस्थामा मन्त्रालय धाएर आफ्नो बचाउमा लाग्नुको सट्टा देशका किसानले ब्यहोरेको क्षतिको पुर्ताल गर्न जानुपर्ने ठाउमा उल्टै पहुचको आधारमा शक्तिको आडमा नेपाली किसानहरुलाई गिज्याउने काम भईरहेको छ । यो कदाचित क्षम्य बिषय होईन ।

त्यसकारण किसानहरु माथि खेलवाड गर्ने ठेकेदारहरुलाई कारर्वाही गर्न कुनै कसर बाकी राख्नु हुदैन । कोभिड १९ को संक्रमण पछि कृषि क्षेत्रपनि महत्वपुर्ण आधार रहेछ भनेर कृषिलाई अगाल्न थालेका युवापुस्ताहरुले भनेको बेलामा मल नपाउने त्यो पनि किसानले सित्तैमा लिने मल होईन । पैशा तिरेर मल किन्न नपाउनु कृषि प्रधान देशको लागि यो जतिको लाजमर्दो बिषय अरु हुन सक्दैन ।
कृषिलाई सुरक्षित गर्न कृषि क्षेत्रमा भएका कमीकमजोरी सुर्धारदै लैजानुको बिकल्प छैन । तर सधै कमजोरी मात्र गरिरहने नसुधारर्ने हो भने नेपालले कृषिमा कहिल्यै प्रगति गर्न सक्दैन ।

कृषिमा प्रगति गर्नको लागि यस्ता चलखेलमा लागेर देशको समग्र कृषिलाई नै बन्दक बनाउने ठेकेदारहरुलाई कारर्वाही मात्र होईन । उनिहरुलाई सदाको लागि कालो सुचिमा राखेर हदै सम्मको कानुनी कारवाही गर्नुपर्ने हुनसक्छ ।

त्यसकारण आम सञ्चारमा आए जस्तै किसानले प्रयोग गर्ने मल समयमा ल्यान ढिलाई गर्ने र कारर्वाही गरेको अवस्थामा मन्त्रालयमा धाएर किसानलाई गिज्याउने काम गर्ने दोषी ठेकेदारहरुलाई सवक सिकाउनै पर्छ । ताकी आउदा दिनमा किसानको बिषयमा कसैले खेलवाड नगरोस् । साथसर्थै राष्ट्रलाई पर्न गएको क्षतिको भर्ना पुर्ताल गर्ने गरी ति ठेकेदार कम्पनीहरुलाई कारर्वाही गर्नुको बिकल्प राखिनु हुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend