logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सिकिमीकरण कै झल्को दिने अभ्यास नेपालमा नेपालको राष्ट्रियता खतरामा


  • जन आकाश
  • मंगलबार, माघ ६ २०७७

 
मोहन कार्की ।
नेपालमा यतिवेला बिभिन्न खालका विवादहरु भईरहेका छन् । नपालीहरुको एकता बिभाजन भएको छ । नेपालको अहिलेको अवस्था र बिगत सन् १९६९ तिरको सिकिमको घटना उस्ता उस्तै मिल्न गएको देखिन्छ । त्यो समयमा सन् १९७० मा भारतको योजनामा सिकिममा प्रजातन्त्रको लागि भनेर चोग्याल राजा बिरुद्ध आन्दोलन उठाउन लगाईको थियो ।



सन् १९७२ मा त्यही राजालाई प्रजातन्त्र दवाउन सघाउन सेना र प्रहरीलाई सिकिममा सिभिल ड्रेसमा भारतले पठाएको थियो । यसरी दुवै खालको भुमिका खेलेको भारतले फेरी पुनः सन् १९७३ मा लेण्डुप दोर्जेको नेतृत्वमा प्रजातन्त्रको लागि आन्दोलन गर्न लगाएर चुनाव गराएको थियो त्यो चुनावमा भारतले बठ्रयाईका साथ राजतन्त्र चाहिन्छ कि प्रजातन्त्र भन्ने हुईम चलाईएको थियो । त्यो हुईमले प्रजातन्त्र पक्षधर भनिएको लेण्डुप दोर्जेको पार्टीले जितेको र त्यो लगतै सिकिमी जनतालाई भारतमा गाभ्ने कि स्वतन्त्र रहने भन्ने मा जनमत गराएको थियो । त्यो भारतको दवावमा लेण्डुप मार्फत गराएको थियो । त्यहाका जनतालाई भोट समेत हाल्न नदिएर भारतीय सिभिल ड्रेसमा गएका प्रहरी र सेनाले भोट हालेर सिकिम भारतमा बिलय गराएको ईतिहाँस बनेको थियो । सिकिम नामको राज्य बिश्वमा अहिले ईतिहाँसमा मात्र छ । सन् १९७४ मा भारतमा बिलय भईसकेको छ । कुनै बेलाका सिकिमी जनता हाल भारतीय भनेर लेख्छन् ।

त्यस्तै मोडलको आन्दोलन नेपालमा हुन थालेको भान हुनेगरी कार्यक्रमहरु देखिन थालेका छन् । एउटै पार्टीमा रहेका हिजोका नेकपाका एकथरीको आन्दोलन सडकमा देखिन्छ । अर्कोथरीको हामी पो आधिकारिक भनेर बिभिन्न जिल्लाहरुमा ताला खोल्ने र लगाउने ताला फुटाउने गरी द्धान्द्ध चरम रुपमा गएको छ ।

भिडन्तहरु ह्ुन थालेका छन् । सदन बिघटनको बाहानामा प्रतिपक्ष नेपाली कांग्रेसले पनि आन्दोलन गरिरहेको छ । भुरे टाकुरे पार्टी खोलेर जनताले बिश्वास नगरेपछि पार्टी जोगाउन मात्र लागिपरेका हरु पनि बिगतमा जस्तै चिठ्ठा परे जसरी सरकारको नेतृत्व गर्न पाईन्छ कि भन्ने दाउमा राष्ट्रको स्वतन्त्रता भन्दा आफ्नो क्षणिक स्वार्थ राखेर बिरोध, बन्दको बाटो राजिरहेका छन् । जनताको सर्वोच्च निकाय न्यायलयमा समेत न्यायधिसहरु दुई पक्षमा उभिएका छन् । यो देशको हितमा देखिदैन । तर प्रत्येक नेपालीहरुलाई यस्तै बाध्यकारी बनाउने पार्र्टी नामको संयन्त्रमा सवैलाई फसाई सकेको देखिन्छ । त्यसैको असर हो ।

यो आजको भोलि बनेको योजना पक्कै होईन । भारतमा स्थापना गरेर पठाइएका पार्टीहरुले रोपेको द्धान्द्धको बिउ ७० बर्षपछि नेपालमा यस्तो खालको असर देखिन थालेको हो । नेपाललाई भारतले भने जसरी नचाउन कसरी सकिन्छ ? नेपालको अर्थतन्त्र कसरी कमजोर बनउन सकिन्छ ? भनेर दिर्घकालीन रुपमा बनाएको भारतीय नेहरु डाक्ट्रीन पोलिसी अन्र्तगत यो काम भईरहेको नेपालका देशभक्तहरु बताउछन् ।

त्यही योजना अनुसार नेपालका उधोग कलकारखाना बन्द गराएर नेपालीलाई बेरोजगार बनाउने एकातिर, ‘अर्कोतिर सहयोगका नाममा संघ, संस्था स्थापना गरेर गरिखाने बर्गलाई ठगिखाने बनाउने र बिस्तारै सवै क्षेत्रमा परनिर्भर हुनुपर्ने आत्मनिर्भर भएका जनतालाई परनिर्भर बनाईसकेपछि ति जनताहरुलाई पार्टी नामको सदस्यता दिएर भारतीय योजनामा बनाईएको नेताले अह्राएको काम गदै जाने र त्यो काम नेपालीहरुको जातिय सदभाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता जसले बिर्गाछ । बिर्गार्न अब्बल छ । त्यसतालाई नेता भन्नु पर्ने जनतालाई परनिर्भर बनाउने र भारततीरको वा अन्य कुनै मुलुकले अवैध रुपमा अप्रत्यक्ष दिएको रकममा नेताहरु रमाउने कार्यकर्तालाई कनिका छरेर सधै दास बनाई राख्ने नीतिले सधै राम्रो कामको बिरोध मात्र गर्ने बानी बनाउन २००७ सालतिर नै रोपेको बिउ झागिदै झागिदै अहिले जताततै फैलिएर गाउ गाउमा समेत पुगेको छ ।

जात जातका नाममा नेपाली बिभाजित भएका छन् । पार्टी पार्टीका नाममा बिभाजित भएका छन् । गुट गुटको नाममा बिभाजित भएका छन् । यहिवेला भारततिरको बुझाई हेराई गराई जसले प्रधानमन्त्री केपी शर्मा ओलिलाई सवैभन्दा धेरै गाली ग¥थ्यो त्यो एकएक परिवर्तन गरेर नेपालका प्रधानमन्त्री केपीले गरेको ठिक भन्ने गरेको देखिन्छ भने केपीलाई जसरी पनि हटाउनुपर्छ भनि आन्दोलनरत पक्षहरुलाई भित्र भित्रै उकासेर नेपालीहरुको एकता भत्काउन भारतको ष¥यन्त्र दुवै खालको भुमिकावाट आईरहेको छ । नेपालको माओवादी जनयुद्ध कालमा पनि भारतले दुवै खालको भुमिका खेल्दै आएको थियो । सरकारलाई माओवादी दवाउन भनेर हत्तियार बेच्थ्यो माओवादीलाई हत्तियार दिएर सरकार बिरुद्ध उकास्ने काम ग¥थ्यो त्यो जनताले बुझेका थिएनन् । अहिले पछिल्लो समयमा आएर बुझेका छन् । जसरी सिकिममा यस्तै दुवै खालको भुमिका खेलेर भारतले सिकिम सिद्धयाएको थियो । यस्तो खालको भारतको द्धयद्र चरित्रवाट नेपाली जनताहरु चनाखो हुनुपर्ने देखिन्छ ।

भारतले नै गठबन्धन बनाईदिएर फालेको राजालाई फकाउदै
नेपालको राष्ट्रिय एकता बलियो भएको कारण सिकिमलाई जस्तै बनाउन प्र¥यास गरेपनि सफल नभएको भारतले अनेक खालका दाउहरु खेलिरहेको देखिन्छ । कुनैबेला त्यही भारतले आठ गठबन्धनलाई एक ठाउँमा राखेर राजतन्त्र बिरुद्ध उकासेको भारतले गणतन्त्रप्रति असन्तुष्ट मानिरहेका पुर्व राजा ज्ञानेन्द्रलाई समेत भुटानको जस्तै रक्षा मन्त्रालय भारतमा राख्न तयार भए पुर्व राजा ज्ञानेन्द्रलाई समेत पुनः राजा बनाई दिन भुमिका खेल्ने जस्ता प्रस्ताव राख्ने गरेको तर कुनै बेला आफ्नो २४० बर्षको बिरासत गुमाउन भारतले खेलेको ष¥यन्त्र त्यति छिट्टै बिर्सन नसक्ने भन्दै पुर्व राजा ज्ञानेन्दले भारतको प्रस्ताव मानेका छैनन् भनि राजाका उच्च स्रोतले दिएको जानकारी रहेको छ । यसरी नेपालको अस्थिरतामा भारतको चलखेल तिव्र भएको छ ।

जतिपनि नेपालका आन्दोलन भारतको योजनमा
नेपालमा जति पनि आन्दोेलन भएका छन् ति सवै नेपालीलाई नोक्सान पु¥याउने आन्दोलन मात्र हुने गरेका छन् । त्यो नेपाली जनताले गरेका आन्दोलन थिएनन् । होईनन् । त्यसको परिणाम भरखरै देखिदै छ । त्यसकारण आन्दोलन केका लागि ? किन ? देश बचाउन कि सिद्धयाउन यो पहिले स्पष्ट नभईकन आन्दोलन गर्न निस्की हाल्नु बिगतमा जस्तै भुल हुनसक्छ । नेपालको भुमि भारतले उसको नक्सामा समेटेर प्रकाशन गरेको छ । उक्त बिषयमा एक ढिक्का भएका नेपालीहरुलाई बिभक्त बनाउन र ध्यान अन्तै मोडाएर नेपालको अस्तित्व समेत समाप्त गर्न ठुलो डिजाईन भएको हुनसक्छ । देशमा यतिवेला संन्त्रासको बातावरण बनिरहेको छ । सर्व साधारण नेपालीहरु कोहि पनि खुसी देखिदैनन् । त्यो अरुको कारणले होईन । नेपालका नेता भन्नेहरुलाई नेपाली जनताले दिएको मतलाई कदर नगरेर अरु नै कसैको योजनामा काम गर्ने नेताहरुको तरिका र देशको बिग्रदो अवस्थाले यसरी जनताहरुलाई दुखि बनाएको छ ।

जनताले बिकल्प खोज्न थालेका छन् ।
बिगतमा राजनीतिक पार्टीको आड लिएर बसेका र सुरक्षित होईन्छ भन्ने जनताले अवको बिकल्प पार्टीहरुको सदस्यता त्यागेर स्वतन्त्र नागरिक हुदै जाने र राम्रा र देशभक्त अभियानमा सहभागी हुदै आत्मनिर्भर देश बनाउने देश बिकास गर्न काम गर्ने, नबरालिने, मेहनत धेरै गर्ने आफ्ना देशका उत्पादनलाई प्रथामिकता दिने काम गर्नु बिकल्पको बाटो हुनसक्ने औल्याउन थालेका छन् । बिरोधका भाषणले देश कहिल्यै नबन्दो रहेछ भन्ने नेपाली जनताले अहिले बुझ्दै छन् ।

आत्मनिर्भर बन्न सक्यो भने मात्र स्वाभिमानको कुरा गर्न सुहाउछ । सधै अर्काको देशवाट सवैथोक किनेर खानुपर्ने,लगाउनुपर्ने , कुरा चै सधै स्वाभिमानको गरेर देश स्वतन्त्रता रक्षा गर्न भविष्यमा कठिन हुनसक्छ । आजको बिश्व आर्थिक यृुद्धमा गईसकेको छ । त्यसैले हरेक पक्ष बलियो बनाउन देशभक्त राष्ट्र पे्रमले ओतप्रोत भएकाहरु बीचको प्रतिस्पर्धावाट देश बिकास गर्ने उत्कृष्ट उदेश्य बोकेकाहरु मध्यवाट पनि उत्कृष्ट योग्य, दक्ष, सक्षम जसको अनुभव देशका लागि काफी होस् । यो बिकल्प जनताले खोजेको देखिन्छ । तर पुराना पार्टी पात्राहरुले गरेका आन्दोलनवाट होईन । तर्क सगंत प्रणालीको बिकासवाट सुन्दर देश बनाउने अभियानमा सवै जनताको ध्यान जान थालेको छ । नेपालमा भएका सम्भावित स्रोत साधनहरुको सहि ढंङगवाट परिचालन गरेर बिकास गर्ने आधारहरु हुन्छन् ।

यस्तो खालको योजना बनाएर देश बिकास गर्न सकेको खण्डमा नेपालको बेला बेलामा धरमराउदै आएको राष्ट्रियता, कहिले तेल रोकेर निउ खोज्ने छिमेकी, कहिले सीमा मिचेर निउ खोज्ने छिमेकी कहिले हामीलाई कमजोर र द्धान्द्धको समय पारेर बाध्यकारी सन्धि गर्न लगाउने छिमेकीलाई नेपालले पनि मेहनत गरेर राष्ट्रिय निष्ठालाई ह्रदृय भित्र राखेर स्वाभिमान बन्ने सकल्प र्गदै सवै नेपालीले काम ग¥यौ भने आत्मनिर्भर देश बनाउछौं । आत्मनिर्भर हुदै आर्थिक क्षेत्रमा प्रगति र्गछौ । आर्थिक उन्नति गरेपछि । प्रविधिक बिकासको चरणमा पुग्छौ । प्रविधिक प्रगतिलाई प्रयोग गरेर बिश्वमा नेपालको प्रतिष्ठा पुनः ताजगी गराउछौ । बिश्वलाई बिश्वासमा लिएर नेपालका गुमाएका भुमिहरु फिर्ता गराउन सक्छौ । हामी नेपालीहरुले यसो पो गर्ने हो कि ?

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend