logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा ७ विदेशी निर्णायक


  • जन आकाश
  • बुधबार, माघ ७ २०७७

काठमाडौं । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने भएको छन् प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले बताएका छन् ।
कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन हुने पनि श्रेष्ठले जानकारी दिएका हुन् ।



निर्णायकको भूमिका निर्वाह गर्ने विदेशी निर्णायकमा जोर्डनकी रोआ सलिम अब्बास म्याकन, बेल्जियमा अमिर इस्कान्दरी, इन्डोनेसियाका नुरजनाह र रहादेवी नेता, भेनेन्जुएलाका गोन्जालो रोजास लोबो, मेक्सिकोकी मारिया फर्नान्डा तथा ब्राजिलका आन्ड्रे डियोलिभेरा रहेका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् ।

प्रतियोगिताको ‘मोस्ट पपुलर प्लेयर’ ले १ सय ५० अमेरिकी डलर तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा २९ राष्ट्रका करिब १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend