जन आकाश
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा डिवि सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कायालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बुढीगंगा गाउँपालिका– ४ बाट ३२ वर्षीय विक पक्राउ परेका हुन् । उनी विप्लव समूहको मोरङ जिल्ला इञ्चार्ज पनि हुन् ।
शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची–कोसी ब्यूरो सदस्य थिए । ५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान हत्या भएको थियो । हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए । मोरङका दुईसहित अन्य पाँचजना फरार रहेको प्रहरीले बताएको छ ।
चन्दा संकलन गर्न आउँदा समातिए
प्रहरीका अनुसार विप्लव समूहले पछिल्लो केही दिनयता उद्योगी व्यावसायीलाई चन्दा माग्दै धम्की दिँदै आएको थियो । विक चन्दा संकलन गर्न आएकै बेला पक्राउ परेका प्रहरीले जनाएको छ ।
बुढीगंगा गाउँपालिका–४ मा रहेको एक उद्योगमा चन्दा संकलन गर्न आएको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ ।
‘चन्दा माग्दै धम्की दिने गरेको सूचना आएपछि सतर्कता अपनाएका थियौं,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘शंकास्पद व्यक्ति पक्राउ परे, सोधी खोजी गर्दा शिक्षक श्रेष्ठको हत्यामा संलग्न रहेको खुल्यो ।’ उनका अनुसार शिक्षक श्रेष्ठको हत्यापछि विक मोरङ जिल्ला इञ्चार्ज तोकिएका थिए ।
पक्राउ परेका विकको साथबाट अटोमेटिक पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली बरामद भएको उनले बताए ।
त्यस्तै चारवटा मोबाइल फोन र ११ वटा सिमकार्ड पनि भेटिएको थियो । तीनवटा मोबाइलमा प्रयोग भएको अवस्थामा ६ वटा सिम र पर्समा बोकेको अवस्थामा पाँचवटा सिम बरामद भएको खड्काले बताए । प्रहरीले विक सवारको २४ प ४००५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
२३ मंसिरमा घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या भएको थियो । हत्यापछि उनको परिवार बिस्थापित भएको छ । मिक्लाजुङ क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयक्त टोली परिचालन भएको छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनको नाममा परिवर्तन ल्याउने भन्दै थुप्रै अफ्नै नेपाली दाजुभाई माथि मिथ्या आरोप लगाएरु मार्ने गरिएको छ । त्यो भारतले झण्डै ७० बर्ष अगाडी रोपिदिएको बिऊले नेपालमा यस्ता हत्या हिंसा आताङ मच्चाउदै नेपाल देशलाई नोक्सान र नेपाली जनतालाई त्रास फैलाउने काम कम्युनिष्ट भनिएका पार्टीहरुले गर्ने गरेका छन् । ति कम्युनिष्ट भनिएका नेताहरुको भने अस्वभाविक सम्पति बढेर गएको छ । तर कार्यकर्तालाई जनतालाई अशान्ति मच्चाउन लगाएर देशलाई अन्तराष्ट्रियस्तरमा बदनाम गराउन लालायित छन् । त्यसैले बास्तविक कम्युनिष्ट भनेको के हो ? यसको अनुनायी को हो ? यसको खोजी गर्नुपर्छ । र नक्कली कम्युनिष्टको खोल ओडेर जनतालाई मार्ने चन्दा असुल्ने र त्यो पैशावाट नेताहरु काठमााडौमा अरुबौको महल बनाएर बस्ने ति नेताका छोराछेरी महगा देशहरुमा पढ्न पठाउने रकम काहावाट आईरहेको छ । त्यो सहजै अनुमान लागाउन सकिन्छ नेपालमा अस्थिरता मच्चाउन भुमिका खेलेवापत बिदेशी निर्देशनमा काम गर्ने नेताहरुले नेपाललाई नोक्सान पु¥याए बापत अस्वभाविक सम्पति आर्जन गरेको हुनुपर्छ । यो बिषय अवका युवाहरुले जो कम्युनिष्ट भनेर हिडिरहेका छन् । उनिहरुले खोज्ने बेला आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend