logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चन्द्रागिरिको आईपीओ सेयर बाँडफाँट गरि सकियो


  • जन आकाश
  • शनिबार, माघ १० २०७७

काठमाडौँ । चन्द्रागिरि हिल्सको प्राथमिक निष्कासन (आईपीओ) सेयर गोलाप्रथा गरि बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरेको जानकारी दिएको हो ।



आवेदन दिएकामध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै २० कित्तादेखि १३ हजार ९ सय ६० कित्तासम्मका लागि आवेदन दिनेमध्येबाट २ जनाले थप १ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक ठहरिएका थिए । कम्पनीले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो । यो कम्पनीको आईपीओमा त्यतिबेलासम्मकै सबैभन्दा धेरै आवेदन परेको थियो ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend