logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संसद विघटनको विरोध गर्ने देशद्रोही हुन्ः प्रधानमन्त्री ओली


  • जन आकाश
  • आइतबार, माघ ११ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरु देशद्रोही र जनविरोधी रहेको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद भनेको जागिर होइन तर उनीहरुको तर्क पाँचै वर्ष जागिर खानु पर्छ भनिरहेको हुुनाले संसद विघटन हुँदा उनीहरुमा छट्पटी भएको दावी गरे ।



उनीहरुले अर्काका इशारामा देशमा अस्थिरता ल्याउन थालेका कारण आफूले जनताको मत लिनका लागि संसद विघटन गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले स्थिरताका लागि ताजा जनादेशमा जान यो कदम चालिएको दावी गरे । सांसद हुँदा कस्ता–कस्ता काम गरिएका छन्, त्यसको मूल्याँकन जनताले गर्न पाउनुपर्ने बताउँदै उनले अहिले आफ्नो हातमा केही नरहेको सबै जनतालाई सुम्पेको र जनताले सबै मूल्याङ्कन गर्ने धारणा राखे ।

उनले भने, ‘मैले गरेको काम जनताले मूल्याङ्कन गरुन र अरुले के गरेका छन् त्यसको मूल्याङ्कन पनि जनताले गरुन् भनेर नै यो कदम चालिएको हो, त्यसैले बैशाखमा हुने चुनावमा यस्ता देशद्रोहीलाई ठेगान लगाउन आग्रह गर्दछु ।’ प्रधानमन्त्रीको भनाई हो यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend