जन आकाश
काठमाडौं । आईतवार काठमाडौं चक्रपथ स्थित ईराकल पार्टी प्यालेसमा आयोजना भएको न्युजलाइन्स मिडियाको चौथो बार्षिक उत्सवको अवसरमा सेफ अफ द ईयर २०२० को उत्कृष्ट सेफमा राम बहादुर बुढाथोकी पर्नुभएको हो ।
न्युजलाइन्स मिडियाले बिभिन्न १५ बिधाका उत्कृष्ट सेवा गरेका सामाजिक क्षेत्रका ब्याक्तित्वहरुलाई त्यस कार्यक्रमका प्रमुख अतिथि आनान्द स्वामी, र बिभिन्न ब्याक्तिहरुको अतिथिमा सम्मान तथा अवाड बितरण गरेको थियो । त्यसमध्य बुढाथोकी उत्कृष्ट सेफको रुपमा काम गरी नेपाली सेफको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापनीज, लगायत धेरै देशका आईटमहरु बनाउने सेफ अर्थात परिकार माष्टरको रुपमा परिचित छन् । तिनै काम र मुल्याङकनको आधारमा सम्मान तथा अवार्डले सम्मानित गरेको आयोजकले जनाएको छ ।
बुढाथोकीले देश बिदेशमा रहेका थुप्रै बिद्यार्थीहरुलाई तालिम दिनुका साथै नेपालका थुप्रै सञ्चार माध्यमहरुमा खानाका परिकारहरुको तरिका, स्वास्थ खानपानको बनावट लगायतमा कलम समेत चलाउदै आएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend