जन आकाश
काठमाडौं । ( न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो ।
कार्यक्रम माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गर्नुभएको थियो । सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा, गायिकाद्व्य विद्या तिवारी र एनी श्रेष्ठ र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका अभियन्ता शिव फुँयाल रहेका छन् ।
सो अवसर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बोधिसत्व स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताउनु भएको थियो । साथै उहाले अध्यात्मले मानिसको जीवनलाई सफलता तर्फ डोर्याउन बल प्रदान गर्ने हुँदा व्यस्ततर जीवन व्यथित गर्ने पत्रकारहरुले समय निकालेर दैनिक योग र ध्यानमा लिन हुनुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले दिनानुदिन पत्रकारिता पेशामा चुनौतीहरु थपिदै गएको उल्लेख गर्दै राज्यले मिडियालाई हेर्ने दृष्टिकोण झन झन साँघुरिदै गएको बतानुभएको थियो । त्यसो त उहाले बदलिदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउदै आएको सन्दर्भ कोटयाउदै न्युजलाइन्स मिडियाले पनि देशको समग्र क्षेत्रको विकासका लागि हातेमालो गर्दै आएको बताउनु भएको थियो ।
त्यसैगरि कार्यक्रम माझ विशिस्ठ अतिथीको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारहरु हकहितका निम्ती महासंघले बुलन्द रुपमा आवाज उठाउदै आएको प्रसङ् कोटयाउदै पत्रकारिता पेशालाई मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको धारणा राख्नु भएको थियो ।
सो अवसरमा पत्रकार ॠषि धमलाले न्युजलाइन्स मिडियाले संचार जगतको शिर उचो पार्दै आएको स्मरण गर्दै पत्रकार जगतले लोकतन्त्रको रक्षार्थ कटिबद्ध भएर लाग्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रम माझ सभापतिको आसनबाट बोल्दै न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टले न्युजलाइन्स मिडिया सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा कृयाशिल रहिरहने उल्लेख गर्दै कार्यक्रममा उपस्थित भई सफल पार्न
सहयोग गरेकामा प्रमुख अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई जन आकाश मिडियाका अध्यक्ष तथा जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्की, टान अध्यक्ष खुम बहादुर सुवेदी, कृषि वैज्ञानिक डा.हरिकुमार श्रेष्ठ, संचार उद्यमी उज्वल जंग शाह, समाजसेवीद्व्य लोक कृष्ण भट्टराई र निलकण्ठ तिवारीले शुभकामना मन्तब्य व्यक्त गर्दै न्युजलाइन्स मिडियाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।
कार्यक्रममा रामप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने नारायण बेल्बासेले धन्यवाद मन्तब्य राखेका थिए ।
कार्यक्रममा न्युजलाइन्स मिडियाका सल्लाहकारद्व्य सरोज ओझा र रविन थपलिया लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । सोही अवसर माझ विज्ञापनदाता, संचारकर्मी, संचार गृह आदीलाई सम्मानार्थ कदर पत्र प्रदान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend