logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बन्दको चलन सदाको लागि बन्द गरौं


  • जन आकाश
  • सोमबार, माघ १२ २०७७

मोहन कार्की ।
नेपालमा राजनीतिको नाममा वा अन्य केही बहानामा सधै झै बन्द, हडताल, तोडपफोड, चक्काजाम, टायर बालेर प्रदर्शन गर्ने, जिन्दावाद र मुर्दावादका नारा लगाएर बाटो अवरुद्ध गर्ने, रुख ढालेर सडकमा तेरस्याउने, बाटोमा यात्रु लिएर कुदीरहेको यात्रुबाहक सवारी रोकेर आगो लागइदिने, मानिसहरुलाई त्रसित बनाउन बम पडकाउने, मानिसका सहजताको लागि बनाईको पुल, भवन, स्कुल, लगायतमा बम पड्उने चलनले नेपाली जनतालाइ कुनै बेला आजित नै बनाएको थियो ।



चाहे त्यो प्रजातन्त्रको लागि नेपाली कांग्रेसले गरेको क्रान्त्रि नामको आन्दोलनमा होस् वा माओवादी जनयुद्ध कालको क्रान्त्रि नामको राजनीतिको खोल ओडेर नै किन नहोस् हाल त्यसैको सिको गरिरहेको बिप्लव माओवादीको नयाँ जनवादी नामको क्रान्त्रि पनि यस्तै बिध्वस गर्ने तरिकावाट नै अगाडी बढीरहेको छ ।

यि माथि उल्लेख गरिका राजनीतिक पार्टीहरुले लेखेका उदेश्य, बिचार पढ्ने हो भने यिनै पार्टीहरुले बिगतमा गरेको आन्दोलन र हालसम्म गरिरहेकोे आन्दोलन गर्नको लागि लेखेका घोषणपत्रसँग यि तरिका मेल खादैनन् । पार्टीहरुको घोषणापत्रमा सर्वभौम सत्ता र जनताको सम्पन्नताको लागि भन्ने शब्दहरु लेखेका छन् । प्रजातन्त्रको लागि, स्वतन्त्रताको लागि, राष्ट्रिय अखण्डताको लागि भनेका छन् । त्यो काम राजनीतिक पार्टी सरकारमा गएपछि हाम्रो पार्टीले त्यो गर्छ, यो गर्छ भनि लेखेका छन् ।

त्यो प्रजापरिषद स्थापन बेलाको प्रचा पढ्दा र अहिलेसम्म राजनीतिक बिद्रोहमा वा विद्रोह नै गरेर सरकारमा पुगेका पार्टीहरुको घोषणापत्र हेर्दा सवैको मुलसार त्यही प्रजापरिषदको प्रर्चामा उल्लेख गरिएका शब्दको बिकसित रुप मात्र छन् । जे भएपनि ति प्रजापरिषदले सार्वजानिक गरेको प्रर्चामा समावेश शब्दले स्वतन्त्रताको बकालत गरेको छ । राष्ट्रको स्वतन्त्रता र जनताको प्रजातन्त्र यि शब्दका बिकसीत रुपमा कागजमा अनेक खालका घोषणापत्र बनेका छन् र पार्टी खुलेका छन् ।

ति पार्टीहरुले सरकारमा जादाका बखत जनताको पक्षमा कुनै उल्लेखिय परिवर्तन हुनेगरी कुनै काम गरेका छैनन् भने सरकार भन्दा बाहिर रहेका सधै सरकारमा जानको लागि बिद्रोहमा रहेकाहरुले अगाल्ने गरेको तरिका उनिहरुको घोषणापत्रमा लेखेका उदेश्यभन्दा बिपरित छन् । उनिहरुले गरेको बन्द, हडताल, बम बिष्पोटन, आगजनी, नेपाल बन्द, तोडफोड, बाटो अबरुद्ध गरेर लक्ष्यमा पुग्न हिडेका यात्रुलाई रोकेर अलपत्र पार्नु, जस्ता कामहरु गर्दा जनताको स्वतन्त्रता हनन भएको छ । भने त्यस्ता तोडफोड, आगजनी, हत्या, हिंसा, बम बिष्पोटन गरेर मानवीय तथा भौतिक संरचना क्षति हुदा राष्ट्रले खर्च गरेर निर्माण गरेका अरबौ खरबौको स्रोत नोक्सान पुगेको छ ।

कुनै बेला दक्षिण एसियामा तेस्रो धनिको रुपमा रहेको नेपाल हाल अफगानिस्थान भन्दा एक स्टेप माथि मात्र छ । यो अवस्था ल्याउन राजनीतिक पार्टीहरुको बन्द, हडताल, चक्काजाम, तोडफोड, आगजनी, बाटो अवरुद्ध, बम बिष्पोटन, हत्या, आताङपुर्ण कामले समाजलाइ प्रभावित पारेर सवै क्षेत्रमा तहस, नहस गरी सक्रिय जनशक्तिहरुले काम गर्ने बातावरण नहुदा, बन्द, हडतालका कारण बिरमी उपचार नपाएर मृत्यु हुदा, दक्ष जनशक्ति काम बिहिन भएर बस्नुपर्दा बन्द, हड्ताल, आताङककै काराण उधोग कलकारखाना नखुल्दा लगभग सवै आधारभुत सामग्री बिदेशवाट आयात गरेर ल्याउनुपर्दा नेपाल गरिब मुलुकको रुपमा राजनीतिक पार्टीहरुले पु¥याएका हुन् ।

 

राजनीतिक पार्टीहरुले गर्नुपर्ने काम अहिलेसम्म कसैले गरेनन् ।

नेपालमा खुलेका राजनीतिक पार्टीहरु सरकारमा भएको बेला एउटा पनि राष्ट्रिय उधोग खोलेनन् ।
भएका उधोगहरु बन्द गराए ।
जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएर राजनीतिक पार्टीका नेताहरु रातरात करोडौ करोडको सम्पति जोड्न सक्ने भए । त्यो नेपाललाई गरिव बनाउदै राष्ट्रिय स्वार्थ लुट्न चाहने शक्तिको आडमा यो काम भएको हुनुपर्छ ।

अहिले पछिल्लो समयमा केही समय अर्थात २०७२ को संविधान निर्माण भएपछि नेपालमा शान्ति छाएको थियो । र नेपाली जनताले नेपलमा पनि काम गरेर आफ्नै देशमा रोजगार गर्ने उत्साह थपेको थियो । तर पुनः अस्थिरतामा धकेल्नका लागि सरकारमा रहेको पार्टी, सरकारभन्दा बाहिर रहेका सवै राजनीतिक पार्टीहरु पुनः बन्द, बिरोध, हडतालको माध्यमवाट जनताको स्वतन्त्र कामगरि खान पाउने अधिकारमाथि हमला गदैछन् । बिरामी बोकेर हिडेका एम्बुलेन्समाथि आक्रमण गदैछन् । परिक्षा दिन हिडेका बिद्यार्थीहरुले बषौबर्ष पढेर परिक्षा दिन नापउदा उनिहरुको भविष्यमाथि खेलबाड गदैछन् ।

किसानले फलाएरका तरकारी बन्द, हडतालका कारण कुहिएर फाल्नु परेको छ । दैनिक रुपमा राज्यले अरबौको राजश्व गुमाउनु परेको छ । उधोगहरु बन्द गर्दा उधोगी, ब्यापारी मर्कामा परेका छन् । यसको असर आजको आजै देखिने त देखिनै हाल्छन् । भोलिका दिनमा अहिले भएको अस्थिरताले नेपाल दक्षिण एसियामा गरिवको पहिलो देश बनाउन यिनै पार्टीहरुको यस्तै हडताल, बन्द,तोडफोड अराजकताका फैलाएर राष्ट्रिय अस्तित्व नै सामाप्त पार्न खेल खेलेका जस्तो भान हुनेगरी काम गरिरहेका छन् ।

यस्ता गतिविधिहरुलाई जनताको स्तरवाट बहिष्कार गरेर जानुपर्ने देखिन्छ । जसले गलत प्रबृतिको अन्त्य गर्न सकियोस । देश बिकास गर्ने परिवर्तन आवश्यक छ । राजनीतिक परिवर्तनको नाममा राष्ट्रिय अस्तित्व नै खतरामा पार्ने परिवर्तन नेपालीलाई चाहिएको होईन । चार्ईदैन ।

त्यसैले नेपाली जनता यतिवेला चनाखो हुनुपर्छ सिकिम्मी मोडलमा नेपालमा अस्थिरता मच्चाउन लालयितहरुलाई चिनेर परास्त गर्नुपर्छ । नेपाल आजसम्म कसैको पराधिन त हुनुपरेको छैन । तर पछिल्लोे समयकोे संकेत खतरापुर्ण बन्दै गएको छ । त्यो भनेको नेपालीहरुको एकतामा खलल पुगिरहेको छ । त्यो आन्तरिक विवाद जस्तो देखिए पनि बिदेशी चलखेल बिगतदेखि नै हुदै आएको छ । त्यसको निरन्तरता भएको राष्ट्रवादीहरुको बुझाई रहेको छ ।
नेपाल बन्द गरेर देश र जनतालाई नोक्सान पु¥याउने चलनको सदाको लागि अन्त्य गदै काम गरेपछि मात्र बिकास हुन्छ जिन्दावाद र मुर्दावादको नारा लगाएर जनता हिड्ने बाटो अवरुद्ध पारेर कुनै परिवर्तन हुदैन । परिवर्तन निरन्तरको मेहनत, निष्ठापुर्ण ब्यवहार, राष्ट्र निर्माण गर्ने अठोट र संकल्प गरेर त्यागी नेतृत्वले मात्र देश परिवर्तन गर्न सक्छ । हरेक क्षेत्रमा असफल भएकाहरुले गर्ने गरको अराजक आन्दोलनवाट देश परिवर्तन हुन सक्दैन । त्यसैले बन्द हडताल सदाको लागि अन्त्य गर्नुपर्छ र रचनातमक परिवर्तनको पक्षमा काम गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend