logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पार्टी पत्रकारिता बन्द गरौं


  • जन आकाश
  • मंगलबार, माघ १३ २०७७

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन हुन गईरहेको छ । आउदो फागुन ४ र ५ गतेको लागि २६ औं साधारण सभा र ११ औ अधिवेशन गर्ने निर्णय महासंघको १२ औं पुर्ण बैठकले गरिसकेको छ । त्योभन्दा अगाडी जिल्ला शाखाहरुको अधिवेशन , प्रदेशहरुको अधिवेशन साथै साधरणसभा गरिसक्नु पर्ने छ । अहिले जिल्ला अधिवेशन गर्न जिल्ला शाखाहरुले धमाधम मितिहरु तय गरिसकेका छन् ।
पत्रकार महासंघ श्रमजीवि पत्रकारहरुको छाता संगठन हो । जसले पत्रकारहरुको हक,हित, संक्षण,रोजगारको ग्यारेण्टी पत्रकारहरु माथि आईपर्ने समस्याको बारेमा सम्बन्धित निकायहरुमा जानकारी गराउने सावधानको लागि पहल गर्ने जस्ता कामहरु गर्ने उदेश्यले स्थापना भएको पवित्र संस्था हो ।



तर अधिवेशन नजिकिदै जादा संगठनमा कुन पार्टीको, कुन गुटको कसले टिकट पाउने कुन प्रभावशाली, कुन पार्टीको मान्छे हो भन्ने जस्ता बिषयमा पत्रकारहरुको बीचमा निक्कै हल्ला खल्ला चलिरहेको छ । यो जतिको लाजमर्दो बिषय अरु के हुन सक्ला पत्रकारिता जगतमा ? पत्रकारहरुको बिगतको अनुभव, वर्तमानको अवस्था र भविष्यसम्मलाई दुर दृष्टि राखेर काम गर्न सक्ने योग्य, दक्ष, सक्षम नेतृत्व महासंघमा हुनुपर्ने हो ।

तर पत्रकार महासंघको पवित्र संस्थामा पार्टी पत्रकारिता हावी हुने गरी पत्रकारहरु नै लाग्नुले नेपालको पत्रकारिता जगत कति स्वतन्त्र छ भन्ने प्रश्न आम मानिसहरुले उठाईरहेका बेला महासंघमा चुनाव लड्नका लागि राजनीतिक पार्टीको ढोका ढकढकाउन र ठुला ब्यापारी घरनाहरुसँग स्रोत जुटाउनका निम्ति पत्राकारहरु नै नेतृत्वको दौडमा रहेको समाचार आउदा नेपाली पत्रकारिता क्षेत्रको बिषयमा स्वतन्त्र पत्रकारितामाथि प्रश्न उठ्नु स्वभाविक हो ।

त्यसैले विगत के भयो भएन भनेर खोज्ने वेला पनि अहिले होईन र पत्रकार कुन पार्टीको कुन गुटको भनेर हेर्ने वेला पनि होईन । पत्रकारको नेतृत्व गर्न स्वतन्त्र पत्रकारिताको पक्षमा भएको ब्याक्ति हुनुपर्छ त्यो जुन पार्टीको आस्था राखोस त्यो कुनै मतलव भएन ।

तर स्वतन्त्र पत्राकारिताको परिचय बनाएको, पत्रकारहरुको पक्षमा उभिन सक्ने आट भएको क्षमतावान पत्रकार अवको पत्रकार महासंघको नेतृत्वमा आउनुुपर्छ । नेतृत्व चयन गर्ने पत्रकारहरुले नै हो । यो पटक त झनै प्रत्यक्ष निर्वाचनवाट केन्द्रीय कार्य समितिका पदाधिकारी चुन्ने ब्यवस्था हुन लागेको छ ।

यो पहिलोेपटक अभ्यास भईरहेको हुदा झनै महत्वपुर्ण छ । यो महत्वपुर्ण काम पत्रकारहरुले नै गर्न सक्छन् । अन्य क्षेत्रलाई समेत पाठ हुनसक्छ । त्यसैले पत्रकारहरुले पनि हाम्रोलाई भन्दा राम्रोलाई अवसर दिएर छान्नुपर्छ । तव मात्र पत्रकार महासंघको पवित्र उदेश्य पुरा हुन्छ । यो दाईत्ववाट कोहीपनि पत्रकारहरु पन्छिनु हुदैन र पार्टीको झण्डामुनि पार्टीको बिधान बोकेर आउने पत्रकारहरुलाई महासंघमा निषेध गरिनुपर्छ । त्यसको थालनी यो अधिवेशनवाट थाल्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend