logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निर्वाचन आयोगले टुङग्याईसकेको बिषयमा के हो प्रश्न ? ःनेम्वाङ


  • जन आकाश
  • शुक्रबार, माघ १६ २०७७

 



काठमाडौं । नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बिषयमा के को प्रश्न ? भन्दै केपी शर्मा प्रधानमन्त्री अध्यक्ष हुनुहुन्छ त्यो नै आधिकारिता भएको बताएका छन् ।

शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् ।

उनले निर्वाचन आयोगको भनाइअनुसार निर्वाचन गर्न पर्याप्त समय समेत रहेको भन्दै ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन रहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।

 

नेम्वाङले निर्वाचन अहिले महत्त्वपूर्ण भएको भन्दै आफुहरु लागिरहेको र यही कुरालाई अगाडि सार्दै निर्वाचन तोकिएको समय र मिति वैशाख १७ र २७ गते हुनेमा आशंका नगर्न आग्रह गरे ।
‘प्रधानमन्त्री केपी ओलीको पनि यही भनाइ छ । हामीले सोही कुरा आयोगमा पनि राख्यौँ । अदालतमा मुद्दा परेकाले स्टे अर्डर जारिगरेको छैन । यो परिपेक्षमा हामी सबैको बुझाइ कुनै स्टे अर्डर जारी नभएको बेलामा निर्वाचनसम्बन्धी कार्यक्रम तदारुकताका साथ अघि बढाउनुपर्छ । अदालतले अन्यथा आदेश दिए बेग्लै कुरा हो,’ नेम्वाङले भने ।

आधिकारिकताबारे थप प्रष्ट पार्दै उनले भने, ‘हाम्रो बुझाइमा हामी आधिकारिक हौ भन्नेमा हामीलाई विश्वास छ । केही साथीहरुलाई हामी आधिकारिक हौँ भन्ने उहाँहरुको बुझाइ छ । यो प्रक्रियाबाट टुंगिसकेको विषय भएकाले त्यही जगमा उभिएर हामी अगाडि बढ्दैछौँ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै कुरा टुंगो लाग्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend