logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील युवा संघ नेपाल बागमति प्रदेश प्रमुखमा कार्की


  • जन आकाश
  • शनिबार, माघ १७ २०७७

 



काठमाडौं । आज मोहन कार्कीको अध्यक्षतामा, र जवस प्रमुख तथा नेकपा (माले)का स्थाई कमिटी सदस्य कुमार बेलबासेको प्रमुख आतिथ्यमा, त्यसैगरी स्थाई कमिटी सदस्य बागमति प्रदेश ईन्चार्ज कृष्ण राना, पोल्टी ब्यूरो सदस्य तथा बागमति प्रदेश सचीव कुमार खाकी श्रेष्ठ प्रगतिशील युवा संघका केन्द्रीय संयोजक दिनेश खातीको अतिथिमा रातोपुल केन्द्र्रीय कार्यलयमा बसेको प्रगतिशील युवा संघ नेपालको बागमति प्रदेशस्तरीय भेलाले आज मोहन कार्कीको नेतृत्वमा १९ सदसीय प्रदेश कमिटी चयन गरेको छ । नयाँ कार्यसमिति यस प्रकार रहेको छ ।

बागमति संयोजकः  मोहन कार्की
उप संयोजकः  प्रकाश भट्ट
सचीवः  प्रवीण लामा
कोषाध्यक्षः  दिलीप गिरी
सदस्यहरुः  गिता पनेरु, पुष्प कुमार कार्की, राम्री कुमारी, सुजिता सदाशंखर, बलवीर तामाङ, रामेश्वर थापा मगर, सुरेस तामाङ लगायत रहेका छन् ।

बिभिन्न पार्टी परित्याग गरि प्रगतिशील युवा संघ नेपालमा प्रवेश
आज नै बिभिन्न पार्टीमा आवद्ध युवायुवतीहरु काग्रेस, राप्रपा लगायत परित्याग गरि प्रगतिशील युवा संघ नेपालमा प्रवेश गरेका छन् । प्रवेश गर्ने नयाँ सदस्यहरुलाई त्यस कार्यक्रमका प्रमुख अतिथि कुमार बेलवासेले अविर लगाएर स्वागत गरेका थिए ।

प्रगतिशील युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष बसन्त पाण्डेले उत्कृष्ट ढंङवाट कार्यक्रमको सञ्चालन गरी आकर्षण थपेका थिए । कार्यक्रमलाई दुई भागमा बिभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो खुल्ला शत्र र दोस्रो बन्द शत्र गरेर गरिएको थियो । नयाँ कार्य समितिलाई प्रमुख अतिथि लगायत नेताहरुले शुभकामना तथा बधाई दिएका थिए ।

कार्यक्रम देशभक्त राष्ट्रवादी युवाहरुको पक्षमा हुनुपर्ने र नेपालको परनिरर्भरवादी तकिालाई चिरेर युवाहरुले आफ्नै देशमा सम्भावना खोज्न त्यस कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कुमार बेलबासेले युवाहरुलाई आग्रह गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend