logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामाजिक कुरिती र हाम्रो समाज


  • जन आकाश
  • शनिबार, माघ १७ २०७७

 



समाज विकासको एउटा कालखण्डमा राज्यसत्ताद्वारा सुनियोजित रूपमा सबै क्षेत्रबाट पछाडि पारिएका मनुस्मृतिद्वारा शूद्रको दज्र्यानी पहिराएर अछुतको व्यवहार गरिँदै आएका श्रमजीवी मानव समुदायको एउटा समूहलाई दक्षिण एसियामा दलित शब्दबाट पहिचान र परिभाषित गरिँदै आएको छ । दक्षिण एसियाको पनि मुख्यतः भारत र नेपालमा दलित समुदायप्रतिको उत्पीडनलाई हेर्दा यो मानव समाजकै एउटा कलङ्कका रूपमा स्थापित छ।

ठूलो जनसङ्ख्यामा रहेका दलित समुदाय अहिलेको २१ औँ शताब्दीको विज्ञान र प्रविधिको जमानामा पनि छुवाछूतजस्तो अत्यन्त अमानवीय र निकृष्टखालको कुप्रथाबाट ग्रसित छन् । देखावटी रुपमा जातिय विभेद कम भएको जस्तो महसुस भएता पनि खास मा जातिए विभेदमा कमि आएको नभई विभेद को प्रकृति मात्र बदलिएको हो।

विभेद गर्ने तरिकामा फरक मात्र आएको हो । हामी आजकल सामाजिक संजालको प्लेटफर्म मा समेत हेरौ कुनै दलित समुदायको समाजसेवी र नेता लाई विभिन्न सार्वजनिक कार्यक्रम मा सम्बोधन गर्दा होस वा आसनग्रहण गर्दा नै होस उसको नाम को अगाडि नै दलित अगुवा दलितनेता फलानो भनेर नाम उच्चारण गरिन्छ।

उ सिङ्गो समाज रुपान्तरण का लागि लागेको न हो तर समाजले उसलाई दलितको ट्याग झुण्ड्याउन कत्ति सकस मान्दैन ? यति मात्र नभई दिनभरी संगै बसेर सामाजिक अभियानमा लागेका दुई साथिहरु मध्ये एक जना दलित भएकै कारण उ साझ बास बस्दा बाहिर पिढीमा बसेर खाना खाना बाध्य हुन्छ१ यस्ता थुप्रै ऊदाहरणहरु दलित समुदायमाथि गरिने अमानविय खालका ब्यवहारले अहिलेको युगमा आईपुग्दा समेत समाजमा यसको जरो कतिसम्म तल गाडीएको छ भन्ने प्रष्ट छ।

छुवाछूतविरुद्धका ऐन, कानुन निर्माण भएका छन् तर कार्यान्वयन गर्ने राज्यका निकायहरूले पहलकदमी लिएर छुवाछूतका अपराधीहरूमाथि कारबाही गर्नुको सट्टा उल्टो संरक्षण गर्दै आएका छन् । अब यस्ता खाले सामाजिक कुप्रथाबाट मुक्ति पाउन शशक्तिकरण शिक्षा को माध्यम बाट यस समुदायको आर्थिक,सामाजिक र राजनैतिक स्तरलाई माथि उकास्दै राष्ट्रिय मुलधारमा समाहित गराउनु राज्यको दायित्व हो।। यहीएउटा नवीन युगको विहानी पर्दा खोल्ने यो माहान अभियान पनि हो ?

जातीय भेदभाव विरुद्धको कानुन नेपाल सरकारले ल्याएता पनि कानुन फितलो र कार्यान्वयन पक्ष कम्जोर हुदा यस्ता खाले कु प्रथा अन्त्यका लागि सरकारले नीतिगत रुपमा यस मुद्दालाई व्यवस्थित पार्दै दिगो रुपमा जातिय विबेधलाई रोक्ने खाले टड्कारो योजना ल्याउन जरुरी छ।।
विनोदकुमार नेपाली (वादी)
भगवतीमाई गा पा३ मेहेलतोली दैलेख

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend