जन आकाश
बिश्वको दोस्रो अग्लो हिमाल केटुको सफतापुर्वक आरोहण गर्न सफल नेपाली टोलीहरुले पुनः एकपटक नेपालीहरुको शिर उच्च बनाउन र देशको ईतिहाँसमा अर्को किर्तिमान थप्न सफल हुनको साथै साहासी नेपालीहरुको परिचय दिन सफल भएका छन् ।
यो जतिको नेपालीहरुको गौरवको बिषय अरु कमै हुन्छ ।
नेपाल देशमा राजनीतिक पार्टीका नेताहरुले देशलाई अस्थिरता बनाईराखे पनि नेपाली जनताले आफ्नो कर्तव्य भने कहिल्य भुलेका छैनन् भन्ने उदारण केटु हिमाल आरोही टोलिले गरेको सफलता पनि प्रमाण हो । देशप्रतिको अगाध माया, नेपालीहरुको कहिल्यै मदैन भन्ने यो आरोहीहरुको देशप्रतिको देशभक्ति भावनाले बिम्वित गर्छ ।
जाडो मौषमा केटु हिमालमा कसैले पनि चढ्न सकेका थिएनन् । निर्मल पुर्जाको नेतृत्वमा गएको १० सदसीय नेपाली टोलीले यहि माघ ३ गते अग्रेजी महिना जनवरी १६ तारिकमा पाकिस्तानमा रहेको केटु हिमालको आरोहण गरेर नयाँ र्कितिमान कायम गरेका हुन् ।
नेपाली आरोही टोलीले त्यो किर्तिमान कायय गर्ने बित्तिक्कै नेपालका नेपालका नेपालीहरुले जुरुक्क उठेर एउटै स्वरमा नेपाल नेपाल भनि उत्साह थपेका थिए ।
केटु हिमालको सफलता पुर्वक आरोहण सम्पन्न गरी माघ ६ गते नेपाल फर्केका आरोहण टोलीका सदस्यहरु निर्मल पुर्जा, मिङमा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाछिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, सोना शेर्पा सवैलाई नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उर्लन नपाउदै भब्य स्वागत गर्नुका सार्थै बधाईमा नेपालीहरुको ओइरो लागेको थियो ।
त्यो किर्तिमानले सम्पुर्ण नेपालीको राष्ट्रिय एकतामा अर्को इंटा थपेको थियो । त्यसपछि नेपाल पर्वतारोहन संघको ब्यवस्थापनमा आरोही टोलीलाई नेपालको प¥यकीय स्थल ठमेल घुमाई सवै नेपाली घरवाट बाहिर निस्केर आरोही टोलीलाइ हार्दिक बधाई दिनुका साथै फुल र मालाले सम्मान गरेका थिए । यो उपलब्धिले नेपालको एकतामा थप बल पु¥याउदै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा र राष्ट्रपतिले राष्ट्रपति कार्यलयमा बधाई तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
नेपालका साहासी नेपाली किर्तिमानीहरुलाई हार्दिक बधाई
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend