जन आकाश
मोहन कार्की
काठमाडौ । नेपालमा राजनीति अस्थिरताको पाहाड चुलिदै गएको छ । यो नेकपा–नेकपा भित्रको विवाद चर्किर्दै गएर पौष ५ गते नेकपा–नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नुपर्ने सम्मको परिस्थिति बनेर र्दुघटना भएपछि नेपालको राजनीतिमा गतिरोध उत्पन्न भएको छ ।
यसै अवसरमा सत्ता नपाएका तर संसदमा सिटसख्याको हिशावमा उपस्थिति जनाईरहेका पार्टीहरुले पनि आगोमा घिउ थप्ने काम गरिरहेका छन् ।
त्यो घिउ थप्नेमा नेपाली कांग्रेस, सघिय समाजवादी पार्टी, लगायत रहेका छन् भने नेकपा–नेकपाको नमिलेको बिषय संसारै हसाउने गरी सडकमा पोखिएकै छ ।
यो नेपालमा राजनीति गतिरोध उत्पन्न गर्ने नयाँ तरिका भने होईन । यो देश र जनताको पक्षमा नारा लगाएपनि देश र जनताको पक्षमा देखिने आधार भेटिदैन । बिगतमा पनि देश र जनताको पक्षमा भन्दै पार्टीको नेतृत्व गर्ने मध्य माथि उल्लेखित पार्टीका नेताहरु नै देशको प्रधानमन्त्री भईसकेकाहरु ह्ुन् । नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवा ३ पटक, बाबुराम भट्टराई एक पटक, झलनाथ खनाल एकपटक, माधव कुमार नेपाल एक पटक, पुष्पकमल दाहाल –(पचण्ड) दुई पटक प्रधानमन्त्री भईसकेका र जो जो आन्दोलनरतमा संलग्न छन् धेरेजति बिभिन्न मन्त्रालयमा मन्त्रीको कार्यकारी पदमा पुगिसकेका ब्याक्तिहरु ह्ुन् । उनिहरुको कार्यकालमा नेपालमा खासै गणनायोग्य काम गरेको । भेटिदैन । देखिदैन ।
त्यसैले नेपालमा अहिले भईरहेको आन्दोलनवाट प्रगति नै भएछ भने त्यो केपी शर्मा ओली बसेको प्रधानमन्त्रीको पदमा अर्को कुनै यि माथि उल्लेख गरिएका र पटक पटक प्रयोग भएका र असफल भईसकेकाहरुमध्य एकजना प्रधानमन्त्रीको पदमा पुग्ने हुन् । अर्कोतर्फ अहिले भएका मन्त्रीका पदहरुमा रामेको ठाउमा स्यामे र कालेको ठाउमा सेते नामका ब्याक्ति परिवर्तन भई मन्त्री हुने हुन् भन्ने आम जनताको बुझाई रहेको छ ।
त्यो जनताले लगाएको आरोपमा बिश्वास गर्ने आधार पनि भेटिन्छ । नेपालमा प्रजातन्त्र स्थापना भएको ७० बर्षको अवधि, बहुदलीय ब्यवस्था स्थापना भएको ३० बर्ष, गणतन्त्र स्थापना भएको १३ बर्षको अवस्थामा जनता र देशको नाममा भएको तोडफोड, आगजनी, भौतिक संरचनाको क्षति र मानवीय संवेदनशीलताको समेत ख्याल नगरी देशको अर्थतन्त्र ध्यस्त बनाउने गरी गरिएका आन्दोलनले दक्षिण एसियाका राष्ट्रहरुमध्य धनीमा तेस्रो स्थानमा रहेको नेपाल यि द्धान्द्धहरुपछि आज सातौ स्थानमा पछडी धकेलिएको छ । भएका उधोग कलकारखानाहरु बन्द गरिएका छन् । मिलेर बसेका नेपालीहरुलाई जात पात धर्मको नाममा एकले अर्कालाई छिछि र र्दुर र्दुर गर्ने बातावरण सृर्जना गरेका छन् । राष्ट्रिय एकतामा खलल पु¥याएका छन् ।
कृषि प्रधान देश भनेर कक्षाकोठामा रटाई रटाई पढाउने तर भान्छामा दैनिक रुपमा नभई नहुने तरकारी, खाधन्न अन्तै देशवाट आयात गरेर खानुपर्ने बाध्यता भईरहेको छ । हरेक कुरामा परनिर्भर बनाउने काम राजनीतिक पार्टीहरुले र त्यसको नेतृत्व गर्ने पार्टीका नेताहरुले देश र जनताको पक्षमा भन्दा अरुनै उदेश्यवाट प्रेरित भई देशमा राजनीतिक गतिरोध उत्पन्न गरेको र राजनीतिक अस्थिरताका कारण यो अवस्था सृर्जना गरेको जनताले लगाएको आरोपको पुष्टि गर्ने आधार पत्यारिलो देखिन्छ ।
त्यसकारण त्यो बिगत भोगेका, देखेका जनताले नेपालमा हुने कुनैपनि राजनीति पार्टीहरुलाई बिश्वास गर्ने आधार देखेका छैनन् । तर तिनै असफल भईसकेका नेताहरुले बलजफ्ती गरिरहेको देशमा अस्थिरताको साक्षी बनिदिनुपर्ने भन्दै निरासा ब्याक्त गरिरहेका भेटिन्छन् ।
जनताले बल्ल बल्ल देशमा केही मात्रमा भएपनि शान्तिसँग काम गर्ने बातावरण आफ्नो सीपलाई आफ्नै देशमा प्रयोग गरेर खान पाउने अधिकार प्रयोग गर्न पलाएको उत्साह पुनः द्धान्द्ध, त्रास, राजनीतिक जिन्दावाद र मुर्दावादको नारा लगाउदै दिनहु जसो गरिने हडताल, बन्दहुने भय र अवरोधले बिरामी उपचारको लागि यातायात नपाउदा बाटोमा मृत्यु ब्यहोर्नुपर्ने, काम गरिखाने मजदुर एकठाउवाट अर्कोठाउमा काम गर्न जान नपाउदा चुलो नबल्ने तर सधै पार्टीको झण्डा बोकेर आफैले कमाई गरेर एउटा साईकल किन्न सक्ने हैशियत राख्न नसक्नेहरुले अर्काको सडकमा गुडिरहेका लाखौका सम्पतिलाई क्षति पु¥याउने अराजक भिडलाई भने रमाइलो लागिरहने ति अराजक गतिविधि गर्ने समुहहरुलाई राजनीतिक संक्षण भईरहने पुरानो परिपाटीले नेपाली जनतामा राजनीतिप्रति नै बितृष्णा पैदा गरेको छ ।
युवाहरुद्धारा बिकल्पको खोजि
नेपालका देशभित्र रहेका र बिदेश गएका युवाहरुले बिकल्प खोजिरहेका छन् । तर ति असफल भईसकेका पुराना पार्टी र ब्याक्तिवाट होईन । अराजक तरिकाले पनि होईन । जो आफ्नो जन्मभुमि नेपालमा दिर्धकालीन योजना भएको रचनात्मक तरिकाले तर्कसँगत ढंङवाट बैकल्पीक शक्ति जसले नेपालको हरेका क्षेत्रमा पत्यारिलो परिवर्तन गरेर सवै नपालीलाई नेपालमा नै रोजगार सृर्जना गर्न सकोस् ।
यो नेपालका देशभक्त युवाहरुको आवाजलाई बुझेर माथि असफल भएका उल्लेखित पार्टीका नेताहरुले नैतिकताको आधारमा राजिनाम दिएर मार्ग खोलिदिनुपर्छ । जसरी प्रधानमन्त्री ओलिले अवको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्ने बताईसकेका छन् ।
त्यसैले असफल भईसकेकाहरुको असफल नै हुने अभियान सदाका लागि बन्द गर्नु नेपाल देशको हितमा छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend