जन आकाश
काठमाडौं । भोलिवाट जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकटिमण्डपमा हुने भएको हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त फुटवेयर एशोसिएसनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आमउ पभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य उद्धेश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजान एशोसिएसनको आयोजनामा ँःब्ल् ँययतधभबच द्यगकष्लभकक भ्हउय २०७७ माघ २१ देखि २०७७ फाल्गुण्न १० गतेसम्म प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना गर्न लागिएकोे आज एक कार्यक्रमको अयोजना गरेर बताइएको छ ।
उक्तकार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेला गतवर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दा आमउपभोक्तालाई पर्न गएको असरलाई मध्यनजर गर्दै हामिले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्राण्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ताचप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’ अध्यक्षको भनाई ।
फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागी रहेका छन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend