जन आकाश
काठमाडौं । नेकपाको विवादले नेपालमा चर्को रुप लिईरहेको छ । हिजो र्माचण्ड समुहको आम हडताल भएको थियो भने आज प्रधानमन्त्री केपी शर्मा ओलि पक्षको शक्ति प्रदर्शन भएको छ ।
केपी समर्थकहरुले बिभिन्न ठाउहरुवाट बाजा गाजा सहित आजलाई होईन भोलिलाई १० बर्ष ओलिलाई जस्ता नारा लगाउदै पुतली सडक हुदै प्रदर्शनी मार्गवाट जुलुस अगाडी बढीरहेको छ ।
काठमाडौमा यतिवेला नेकपाको नेताहरुको कुरा नमिलेको बिषय सडकमा पोखिदा यातायात, ब्यापार, ब्यवसाय ठप्प हुदा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुको जिवन भने कष्टकर बन्दै गएको छ । नेपालमा जहिले पनि राजनीतिक अस्थिरता भईरहने र लगानीमैत्री बातावरण नहुदा नेपालको अर्थतन्त्तमा ह्रास आईरहेको थियो ।
तर २०७२ को नयाँ सविधान बनाएर स्थाइ सरकार बनेपछि ५ बर्षदेखि शान्त रहेको नेपालमा अहिले पुनः राजनीतिक अस्थिरता उत्पन्न भएको छ । यो अस्थिरता देख्दा नेपाली राजनीतिक नेताहरुको कुरा नमिलेको देखिए पनि नेपालको भुमि भारतले मिचेर उसको नक्सामा निकालेपछि नै बाहिय चलखेलमा विवाद उत्पन्न गराईएको अनुमान गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend