जन आकाश
काठमाडौ । नेकपा केपी शर्मा ओेली पक्षको बागमति प्रदेशले आयोजना गरिएको जनसभा चलिरहेको छ । सवैभन्दा पहिला बोलेका केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओली बुद्धको उत्तराधिकारी भएको दावी गरेका छन् ।
नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभालाई सम्बोधन गर्दै बुद्धका उत्तराधिकारी ओलीलाई मधेसी जनताको समर्थन रहेको बताए ।
अहिले एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका केपी शर्मा ओलीलाई सम्पूर्ण मधेस जनताको प्यारो समर्थन छ’, उनले भने । अर्का समूहका नेताहरुलाई जोकरको संज्ञा दिन समेत मञ्चवाट भ्याएका थिए ।
‘बुद्धको देशमा दुई चार वटा जोकरहरुले अध्यारो ल्याउन सक्दैनन्’, उनले भने । जनताले कठिन परिस्थितिको सामना गरिरहेको पनि मण्डलले बताए । ‘आज देशब्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितिको सामना गर्नु परेको छ । आखिर यो परिस्थिति कसरी सिर्जना भयो ? मण्डलले भने ।
नेकपाका अर्का समूहका नेताहरुले नै मुलुकमा कठिन परिस्थिति सिर्जना गरेको उनले आरोप लगाए ।
उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् ।
देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताए ।
शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’
पोखरेलले थपे, ‘प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने छौं । आर्थिक विकास र संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौं । मुलुकको स्वाधीनताका लागि लागिरहने छौं ।’
प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताए
त्यसैगरी अर्का नेता उपप्रधानमन्त्री एवं नेकपाका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताएका छन् ।
देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलले बताए ।
शुक्रबार नारायणहिटीको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’
पोखरेलले थपे, ‘प्रधानमन्त्रीको अठोट अनुसार राजनीतिक स्थायित्वको अभियानमा जुटिरहने छौं । आर्थिक विकास र संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौं । मुलुकको स्वाधीनताका लागि लागिरहने छौं ।’
प्रचण्ड–माधव पक्षले बिहीबार आयोजना गरेको नेपाल बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्ने उपप्रधानमन्त्री पोखरेलले बताए
त्यसैगरी अर्का नेता राम बहादुर थापा (बादल)े तथा गृहमन्त्रीले नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।
नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’
नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’
कार्यक्रममा नेताहरुले बोल्ने क्रम अहिले पनि चलिरहेको छ ।
प्रधानमन्त्रीले बोलिरहेका छन् । उनले नेपालको अहिलेसम्मकै सवैभन्दा ठुलो आन्दोलन भएको कार्यक्रमलाई सम्बेधन गनेृ क्रममा बताएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend