logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संवैधानिक आयोगमा नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश


  • जन आकाश
  • शुक्रबार, माघ २३ २०७७

 



काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश कुमार प्रसाद रेग्मीको एकल इजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।
केही दिन अगाडी मात्र रिक्त रहेका संवैधानिक निकायहरुमा संवैधनिक नियुक्त गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend