logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना पत्रकारलाई सम्मान गर्ने


  • जन आकाश
  • शुक्रबार, माघ २३ २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले २२ औं साधारण सभाका अवसरमा बिभिन्न १४ जना पत्रकारहरुलाई पुरस्कार एवम् सम्मान गर्ने भएको छ ।



नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीका अनुसार २२ औं साधारण सभा, अन्तक्र्रिया, अग्रज पत्रकार सम्मान तथा पत्रकारिता नामक स्मारिकाको लोकापर्ण २०७७ माघ २४ गते शनिबार अर्थात, भोलि प्रज्ञाभवन कमलादीमा हुँदैछ ।

शाखाले आफ्नो पुर्व सभापति अशोक श्रेष्ठ लगायत अन्य दिवंगत पत्रकारहरुको स्मृतिमा स्थापना गरेको पुरस्कार तथा सम्मान साधारण सभाको अवसरमा वितरण गर्ने भएको हो ।

साधारण सभाको अवसरमा शाखाका गतिविधी समेटेर विगतमा झै ‘पत्रकारिता’ नामको स्मारिका प्रकाशन समेत गरिएको उपाध्यक्ष सूर्य सुवेदीले बताए । यसअघि ७ वटा पुरस्कार तथा सम्मान रहेकोमा १० औं अधिवेशन यता शाखाले वरिष्ठ तथा कर्मठ ६ जना पत्रकार गुमाएको छ । विगतका ७ र यो पटक थपिएका ६ गरी १३ जना अग्रजहरुको नाममा प्रतिव्यक्ति २० हजार नगद र सम्मान पत्र सहित पुरस्कृत गर्दैछ भने विगतमा अग्नीशिखा र तारा न्यौपानेको नाममा संयुक्त रुपमा दिँदै आएको पुरस्कार यसपटकबाट अलग गरि वितरण गरिने उपाध्यक्ष सुवेदीले बताए ।

यी हुन् यसपटक पुरस्कृत हुन लागेका पत्रकारहरु

१, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित

२, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ

३, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा

४, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल

५, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा

६, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात

७, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल

८, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे

९, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास

१०, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले

११, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा

१२, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही

१३, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी

१४, फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend