logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बालबालिकालाई हुर्काउनुभन्दा नागरिता र जन्मदर्ता गराउन महाभारतः बालगृहका सञ्चालकहरुको भनाई


  • जन आकाश
  • शनिबार, माघ २४ २०७७

काठमाडौं । संयुक्त नेपाल अनाथ असाहय बालबालिका समाजले आयोजना गरेको पत्रकार सम्मेलन आज चण्डोलमास्थित ग्रीन हट लन्च एण्ड क्याफे उइथ ब्यानक्युटमा सम्पन्न भएको छ ।



उक्त कार्यक्रम संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाजका अध्यक्ष भवानी सुवेदीको सभापतित्वमा भएको थियो ।

पत्रकारहरुलाई कोभिडपछि संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाजले आउदा दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमकी बिशेष अतिथि रहेकी साहारा असाहय बाल गृहकी ईश्वरी गुरुङले असाहाय, अनाथ बालबालिकालाई लालन, पालन, शिक्षा, दिनुभन्दा कानुनी रुपमा उनिहरुले प्रप्त गर्नुपर्ने जन्मदर्ता, नागरिता जस्ता समस्या निक्कै ठुलो रहेको र त्यो समस्याले गर्दा बालगृहमा रहेका कतिपय बालबालिकाले कक्षा ८ पुगेपछि उसले जन्मदर्ता पेस गर्न नसक्दा शिक्षावाट बञ्चित हुनुपर्ने समस्या जटिल रहेको बताएकी थिईन् । उनले त्यस्ता अविभावक बिहिन बालबालिकालाई की सरकारले अविभावक बनिदिनुप¥यो कि संस्थाले गरेको सिफारिसको आधारमा बालगृहमा हुर्केका पढ्दै गरेकाहरुलाई उच्च शिक्षा हासिल गर्ने वाटो खोलिदिन सम्बन्धित निकायमा पत्रकारहरुमार्फत पु¥याईदिन आग्रह गरेकी थिईन् ।

त्यसैगरी कार्यक्रमका बिशेष अतिथि जन आकाश मिडिया प्रा.लि.का अध्यक्ष तथा जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले सामाजिक काम गर्नु निक्कै चुनौति रहेको र यो चुनौति सामना गरेर अनाथ, असाहाय बालबालिको हितमा काम गर्न सफल संस्थालाई सम्मान तथा आभार ब्याक्त गरेका थिए भने उनले थप्दै भनेका थिए सघर्ष गरेर आएका बालबालिका नै देशको महत्वपुर्ण क्षेत्रमा काम गर्न सक्छन् त्यो काम बिगतमा पनि संस्थाहरुले उत्पादन गरेका बालबालिका आज महत्वपुर्ण ठाउँहरुमा पुगेका छन् ।

कार्यक्रमा पत्रकारहरुको जिज्ञासाको उत्तर दिदै राजित श्रेष्ठले ३ बर्ष अगडी स्थापना भएको संस्थाले बिभिन्न सामाजिक काम गदै आएको र कोभिडको समयमा पनि मानवीय सहयोग गरेर काम गरेको अनुभव सुनाएका थिए साथै उनले कोभिड पछि दाताहरुवाट जम्मा हुदै गरेको रकमलाई कसरी सामाजिक काममा लगाउने र ठुलो क्षेत्रफलमा बोडिङस्कुल स्तरीय भवन निर्माण गर्ने र ति अनाथ बालबालिकालाई पीडितहरुको समुहमा छौ भन्ने अनुभुति नहोस भनेर त्यो भवन निर्माण तयारी गरिरहेको पनि जानकारी गराएका थिए ।

त्यस संस्थाका उपाध्यक्ष दिपक साउदले संस्थाको तर्फवाट उत्कृष्ट मन्तव्य दिदै सवैलाई धन्यवाद ब्याक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उज्वल अधिकारीले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend