logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कहिल्यै नचेत्ने नेपालीको बानी सुधारौं 


  • जन आकाश
  • मंगलबार, माघ २७ २०७७

नेपाल देशका नेपालीहरू आज लौखाको सङ्ख्यामा विदेशमा काम गर्न गई रहेका छन् । त्यो नेपालका नेपालीहरूको बाध्यता पनि हो । तर त्यो परिस्थिति आउनुमा सबै नेपालीहरू उत्तिकै जिम्मेवार छौँ । त्यो किनभने नेपालमा उद्योग, कलकारखाना, व्यापार, व्यवसाय नफस्टाए पनि राजनीतिक नामको आन्दोलन उद्योग जस्तै गरी फस्टाएकै छ । यो पटक पटक नेपालमा आन्दोलनको नाममा अस्थिरता मच्चाउने योजनामा नेतृत्व गर्न जो जो लागेका छन् । उनीहरूले कुनै उद्योग खोल्नु पदै । किनकि उनीहरूको आजको भोलि उन्नति,प्रगति भएको देखिन्छ । तर जो जो नेपालमा परिवर्तन हुन्छ भनेर त्यो आन्दोलन गर्न उक्साएकै भरमा आन्दोलनमा सहभागी हुने गरेका छौ ।
ती आन्दोलनहरूले नेपालमा अस्थिरता मच्चाउन त सफल भए तर देशको पक्षमा र जनताको जीवनस्तरमा कहिल्यै परिवर्तन भएन । उनीहरूको पछि लाग्नेहरू पछि लागेको लाग्यै भईराखे, पटक पटक राजनीतिक पार्टीहरूले झुक्या उदा भुक्कीरहने र नेपालका उद्योग कलकारखाना बन्द गराएर नेपालीलाई बेरोजगार बनाउने योजनाले जहिले प्रशय पाइराख्यो अझै पनि परिवर्तनको नाममा त्यस्तै आन्दोलन उठाउन नेपालका राजनीतिक पार्टीहरू लागिरहेका छन् । पटक पटक झुक्याई सकेका पार्टीहरुको पछि लागेर समय बर वात गरिरहेका नेपालीहरूले आफ्नो बानी सुधार गर्नुपर्ने देखिन्छ ।



नेपालमा भएका आफ्ना उद्योगहरू बन्द भएपछि भारत वाट आउने सामानहरू बेलाबेलामा रोकेर दुःख दिएको नेपालमा राजनीतिक अस्थिरताको कारण देखाएर भारतले नाकाबन्दी लगाएको र त्यो नाकाबन्दीका कारण नेपालीहरूले पाएको दुःख पीडा नेपालीहरूको लागि कहिल्यै नबिर्सने खालको थियो । छ ।

त्यस्तो मानवबिरोधि कार्य गर्दा ईख सम्झेर पनि हामी नेपालीहरूले आफ्नो देशभित्र उत्पादन गर्न सक्ने उद्योगहरू नेपालमा मै खोलेर रोजगार सृर्जना गर्नुपर्ने थियो । त्यस्तो काम अहिलेसम्म कसैले पनि गरेको भेटिँदैन । बरु उल्टै नेपालमा कुनै उद्योग, कलकारखाना नखुलुन् भनेर विदेशी शक्तिहरूले बनाइदिएको योजनामा नेपाललाई अस्थिरतामा धकेल्ने गरी आन्दोलन मात्र गर्ने परिपाटी पुरानै तरिकामा जहिले पनि नेपालमा भइरहेको छ । त्यो काम राजनीतिक पार्टीको नाम वाट ती विभिन्न पार्टीका नेताहरूले आन्दोलन गराएर अस्थिरता उत्पन्न गराई रहेका छन् ।

त्यस्ता आन्दोलनहरूले नेपालको हित नभएको र सधैँ आन्दोलन मात्र गरिरहँदा देशको अर्थतन्त्र धारादायी भएको छ । यस्ता गलत आन्दोलनहरूलाई पनि जनताले साथ दिएकै कारण पटक पटक त्यही खालका झुटको खेती गर्ने आन्दोलनहरू गर्न नेताहरू तम्सिरहेका छन् । यस्ता आन्दोलन सदाको लागि अन्त्य गर्न जनताको चेत पनि खुल्नुपर्छ र देशलाई अर्थतन्त्रमा नोक्सान पु¥याउने आन्दोलनलाई निरुत्साहित गर्नुपर्छ । यसरी नेपालीहरूको आन्दोलन मात्र गर्ने बानी सुधारेर उत्पादन, सृर्जनात्मक, रचनात्मक काम गदै नेपालको भविष्य सुरक्षित गर्न सबै लाग्नुपर्ने देखिन्छ ।

 

सुद्धा सुदी तुटी भएको कारण  हेरफेर गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend