जन आकाश
मोहन कार्की ।
काठमाडौं । नेपालमा दिनहु जसो आन्दोलन हुन थालेका छन् । त्यो पनि सरकारमा भएको पार्टीको विवाद नमिल्दा हजारौको संख्यामा मानिसहरु जम्मा गरेर सडकहरुमा प्रदर्शन भईरहेका छन् । ति शक्ति प्रदर्शन गर्न हिडेका मानिसहरुले पार्टीको झण्डा बोकेर फराउदा सडक नै राताम्यै हुन थालेका छन् । जुन झण्डा बनाउने कबडा किन्ने पैशाको हिसाव गर्ने हो भने नेपालमा मझौलास्तरको उधोग खोल्न पुग्ने रकमको झण्डा प्रयोग भएको हुनुपर्छ । त्यो सरकारमा रहेको पार्टी होस वा प्रतिपक्षमा रहेको सवै नेपालका पार्टीहरुले आफ्नो शक्ति प्रदर्शन गर्न यसै गर्ने गर्छन । यो बिकसीत राष्ट्रहरुमा हुदैन ।
हजारौको संख्यामा मानिसहरु नेताको भाषण सुन्न कोही शान्ति बाटिकामा कोही दरवार स्क्वायरमा अन्य शहरहरुमा त्यसैगरी भीड जम्मा भएको देखिन्छ । यसरी मानिसहरुलाई भाषण सुनाउन नेताहरुले आवाह्रन गर्दा जो सुकै हजारौको संख्यामा जम्मा हुदा रहेछन् । नेताहरुले भाषण सुन्न शक्ति प्रदर्शन गर्न आओ आम हडताल गर्न आओ भन्दा मान्ने जनताहरुलाई नेपालका हरेक क्षेत्रमा बारीहरु बाझो भए त्याहा सामुहिक खेती गरौ भनि जम्मा भएर बाझो बारीहरु खन्न आओ भनि काम लगाउने हो भने नेपालको कृषि प्रधान देश भनेर रटाई रटाई पढाउने नेपालको शिक्षाले पनि सार्थकता पाउथ्यो होला ।
तर अहिलेसम्म नेपालमा त्यस्तो भएको छैन । यस्ता नेताहरुको एक उर्दीमा हजारौको संख्यामा जम्मा हुने भीडलाईं खेत खन्न, बारी खन्न लगाएर अन्न उत्पादन गराउन प्रयोग गर्ने हो भने नेपालले बार्षिक झण्डै ७७ अर्वको खाद्यन्न बिदेशवाट आयात गरेर खानुपर्ने चलनको अन्त्य हुन्थ्यो होला यस्तो राम्रो कममा जनताहरु सहभागी भए हुन्थ्यो यो सम्भावनालाई आशा राखौं ।
राष्ट्रवादको नारा राम्रो काम अर्काको ।
नेपालमा राष्ट्रवादका नारा लगाउने पार्टीहरु काठमाडौको गल्ली गल्छौरामा धेरै भेटिन्छन् । नारा असाध्यै राम्रो हुन्छ । काम अर्काले अप्रत्यासित रुपमा बनाईदिएको योजनामा फसेका हुन्छन् । तर भुगोलको बिषयमा अध्ययन गरेका बिद्यार्थी समेत भेटिदैनन् । वास्तविकता यस्तो छ ।
चिया पसलमा अफुलाई राष्ट्रवादको परिचय दिनेहरुको दिनचार्य नै अरु देशहरुलाई मनलाग्दी गाली गर्नु तोडफोड गर्नु त्यो उसले तोडफोड गरेको यातायातको साधन अर्को देशमा बन्छ । त्यो क्षति भएपछि पुनः नेपालले अर्को साधन किन्नुपर्छ त्यो पैशा त्यही देशमा जान्छ । जुन देशलाई ति राष्ट्रवादी भनाउदाहरुले गाली गर्छन् । त्यही देशमा हाम्रो पैशा जान्छ । उ धनि बन्छ । आन्दोलन गरिबस्ने हामीलाई घाटा हुन्छ । उसलाई नाफा । यस्तै गलत क्रियाकलाप र्गदै उधोग कलकारखाना बन्द गराएर जसले उनिहरुलाई बिरोध गर्न लागायो ति पार्टीका नेताहरुले त्यही देशवाट अराजाकता सृर्जना गराए बापत भत्ता बुझ्छन भन्ने ज्ञान नभएर नै होला आजसम्म त्यस्तै क्रियाकलाप भईरहेको छ । दिनभरी उप्रदो गरेर थाकिने गरी गाली गर्छन् बेलुका त्यही देशले फलाएको एककिलो तरकारी बोकेर निरास अनुहार लिएर घर पुग्छन् । यस्ता खालका मानिसहरुले नै राष्ट्रवादको कुरा गरिरहेका हुन्छन् । यस्तो खालको क्रियाकलाप गर्नेहरु राष्ट्रवादी भन्न सुहाउने खालका होईनन् ।
राष्ट्रवादको रुप फरक फरक
सरकारमा रहेको पार्टी होस वा प्रतिपक्षमा भएको पार्टी नै किन नहोस् । वा बिद्रोहमा रहेर कुनामा लुकेर त्रास फैलाउने पार्टीहरु नै किन नहुन तिनिहरुले भन्ने गरेको राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको रक्षा भन्ने शब्दले यो देशका नागरिकहरुमा शब्दजाल भन्दा अरु केही दिएको देखिदैन । आजसम्म राष्ट्रियस्तरका कुनै कलकारखाना खोलेर देशका नागरिकहरुलाई रोजगार सृर्जना गरेका छैनन् । कृृषिप्रधान देशमा जो दिनरात कृषिमा खट्छन् उनिहरुको परिवार कृषिपेशावाट पालिएको छ की छैन ? भनेर कसैले खोजि नीति गरेको देखिदैन । एउटा मल कारखानासमेत नेपालमा छैन । सधै बिदेशवाट आयात गर्ने र प्रयोग गर्ने परनिर्भरमुखी मनोबृतिले नेपालको राष्ट्रियता कमजोर भएको देखाउछ ।
कहिले हुन्छ आत्मनिर्भर देश ?
दिर्धकालीन सोच राखेर योजना बनाई कुनै स्वार्थ नराखि देशका जनतालाई स्वलम्बन गराउछु भनि काम थाल्ने हो भने नेपाल देशलाई आत्मनिर्भरमुखी बनाउन धेरै समय लाग्दैन भन्छन् नेपालका स्वलम्बी बनीसकेका कर्मशील नेपालीहरु उनिहरुले हरेक क्षेत्रमा सम्भावना नै सम्भावना देखेका छन् ।
तर राजनीतिक पार्टीहरु सरकारमा जान तछाड मछाड गर्ने र सरकारमा गएर गर्ने क्रियाकलापले समग्र समाजलाई असर पारिरहेको प्रति जनतामा निरासा छाउनु स्वभाविक हो । उनिहरुकै भनाईमा यस्ता जनतालाई निरास पार्ने क्रियाकलापले आत्मनिर्भर देश बनाउन सकिदैन ।
आत्मनिर्भर देश बनाउन गफ होईन काम धेरै गर्नुपर्छ । तर नेपालमा बिकासका लागि गरिने काम देश र समाजमा प्रत्यक्ष लाभहुने कामहरुमा राजनीतिक पार्टीहरुका संगठनको गैर क्रियाकलापले कामभन्दा गफ बढी गरेर समय बिताउने चलन छ । त्यो तरिकावाट नेपालले बिकास र आत्मनिर्भर देश बनाउने कुरामा बाधा पु¥याउछ ।
अहिले पछिल्लो आन्दोलनमा देखिएका दुईवटा राम्रापक्ष
बिगतमा आम हडताल, बन्द भन्ने बित्तिक्कै मानिसहरुमा त्रास सृर्जना भएको हुन्थयो आन्दोलनकारीहरुले पनि त्यस्तै अराजकता सृर्जना गरेर तोडफोडमा उत्रिन्थे प्रहरीले पनि तोडफोड गदै हिड्ने आन्दोलनकारीहरुलाई मर्नसन्न गरी कुटथे तर यो पछिल्लो एकहप्तामा देखिएको आन्दोलनमा मार्चण्ड समुहले गरेको आमहडतालमा रामेछाप जिल्लाको सदरमुकाममा जम्मा भएका आन्दोलनकारीहरुले सडक बढारेर रचनात्मक गरेको एउटा राम्रो काम अर्को शक्ति प्रदर्शन गर्न प्रधानमन्त्री केपी शर्मा ओलि समुहले दरवारमार्गमा प्रचारको लागि आफैले टागेका कागजका टुक्राहरु भोलिपल्ट सोही समुहका आन्दोलनकारीहरुले सफा गरेको अर्को काम यि दुईवटा यो हप्ता आन्दोलनकारीहरुले गरेको राम्रा कामहरु थिए ।
यो भन्दा राम्रो काम गाउ गाउमा बाजो रहेका बारीहरुमा हजारौको संख्यामा जम्मा हुदै कृषिलाई आधुनिकीकरण गरेर समुहिक खेतिको बिकास गर्न पनि लागेको खण्डमा जनताले राम्रो मान्छन् । त्यो काम गर्न सडकमा जम्मा हुन तयार मानिसहरु तयार छन्की छैनन् । ति बाझा बारी खनाउन, ठुला उधोग खोल्न नेताले भन्दा मान्ने जनताहरुलाई लगाएर छिट्टै देश बिकास गर्न लगाउन ढिलो गर्नु हुदैन । ति हिजो अस्ति सडकमा नेताको भाषण सुन्न आएकाहरुलाई बाझो बारीमा खनेर अन्न रोप्न लगाउनुपर्छ त्यो काम गर्न पनि तिनै नेताहरुले लगाएमा मान्छन् होला त्यो काम गरिहाल्नुपर्छ । यस्तो काम पनि गरौन । नेता जनता मिलेर ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend