जन आकाश
काठमाडौं । आज बिहानैवाट माधव–प्रचण्ड(मार्चण्ड) समुहको बिरोभ प्रदर्शन भईरहेको छ । बिरोध प्रर्दशनका कारण टाढा टाढा गएर कमाई गरिखाने मजदुरहरुले सास्ती पाएका छन् । लामो दुरीका सवारी साधन बिहानै केही मात्रमा चलेपनि काठमाडौ उपत्यकाभित्र बिरोध प्रदर्शनका कारण जताततै ट्राफिक जामले शहर अस्तब्यस्त देखिन्छ । बिरामी बोकेका एमबुलेन्सले बाटो नपाएर साईरन बजाई रहेका देखिन्छन । स–साना नानी बाबुहरु बोकेर आफ्नो गन्त्ब्य हिडेका मानिसहरु अलपत्र छन् । आन्दोलनको नाममा जहिले पनि हुने यस्ता बिरोध प्रर्दशनले मानिसहरु आजित भईसकेका छन् । जनता र देशको कुरा गदै यस्ता बन्द, बिरोधले देशलाई नोक्सान, जनतालाई सास्ती थोपरिरहेको छ । यस्ता कार्यहरुको जनताले बिरोध गदै आईरहेका छन् । तै पनि नेताहरुले बनाएका संगठनका मानिसहरुलाई बिरोध गर्न लगाउनको लागि नै तयार पारी राखेका हुन्छन् । यस्तै बिरोध, बन्द, गर्न सजिलो होस् भनेर अरु रचनात्मक काम केही गरेको देखिदैन ति सगठनरुले ।
भृकुटी मण्डमको प¥यटन बोर्ड र राष्ट्रियसभा गृह अगाडी सडकमा नै बिरोध प्रदर्शन गर्न हिजो देखिनै मार्चण्ड समुहरुले तयारी थालेका थिए । यतिवेला जुलुस प्रदर्शनी मार्गमा पुगेको छ । भने सुनधारावाट पनि अर्को जुलुस आइरहको छ ।
जुलुसमा लागेका नाराहरु यस्ता थिए ।
भ्रष्टचारीलाई कारवाही गर
बलत्कारीलाई कारवाही गर
बजार महगी नियन्त्रण गर
केपीको प्रतिगामी कदम मुर्दावाद
याहा स्मरणीय कुरा के छ भने एक महिनापनि भएको छैन यि नारा लगाउनेहरु नै सरकारमा मन्त्री, सभासदको कुर्सीमा थिए । तर त्यतिवेला कुनैले पनि महगी, भ्रष्टचारको बारेमा बोलेको सुनिदैनथ्यो । अहिले उनिहरुलाई चलाईरहेको नेताले भनेको भाग पाएन र बिदेशी शक्तिले नेपाललाई अस्थिरतामा धकेल्न खेलेको खेलमा अहिले नारा लगाउनेका नेताहरु सहभागी भए त्यही बिदेशी निर्देशन चलिरहेको आन्दोलनको नेतृत्व गरिरहेको समुहमा सहभागी भएर केही ब्यातिmहरुका निहित स्वार्थको लागि यस्ता दिनहु जसो आन्दोलन भईरहेका छन् । यस्ता नारा लागेको हुन् । भोलि सरकारमा यि नारा लगाउनेहरुका नेताहरु सरकारमा गए भने अहिले सरकारमा भएको नेताका कार्यकर्ताले पनि यस्र्तै नारा लगाउने छन् । यो कुनै नौलो होईन जनताको, देशको पक्षमा कहिल्यै नहुने आन्दोलनको कुनै अर्थ छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend