logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माण्को बाधक हो ः प्रमुख आयुक्त राई


  • जन आकाश
  • बुधबार, माघ २८ २०७७

 



काठमाडौं । सामाजिक निकाय तथा सार्वजनिक सेवा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।

राजनीतिक परिवर्तनसँगै मुलुकले नयाँ संविधान पाएसँगै क्रमशः विकास, निर्माण तथा सुधारका कामहरु अघि बढिरहेपनि तथा आर्थिक तथा सामाजिक क्षेत्र सुधार उन्मुख रहेपनि अझैं भ्रष्टाचार तथा अनियमितताका घटनाहरु नरोकिएको भन्दै यो नै मुलुक विकासको प्रमुख चुनौंती भएको राईको भनाइ छ ।

यसका लागि सबै क्षेत्रबाट भ्रष्टाचार उन्मुलनमा लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

सो अवसरमा प्रमुख आयुक्त राईले सामाजिक क्षेत्रमा हुने अनियमितता तथा भ्रष्टचार नियन्त्रणमा ठीक ३० वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको भन्दै स्वायत संस्थाको रुपमा विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend