जन आकाश
काठमाडौ । प्रगतिशील युवा संघ नेपालको १ नं प्रदेश भेला यहि आउदो फागुन १ गते सुनसरीको ईटहरीमा हुने भएको जानकारी प्रप्त भएको छ । प्रगतिशील युवा संघ नेपालका केन्द्रीय अध्यक्ष दिनेश खातीले दिएको जानकारी अनुसार प्रगतिशील युवा संघ नेपालको प्रदेशस्तरीय भेलाहरु गर्ने संगठनको तालिका अनुसार १ न. प्रदेशको फागुन १ गते हुन लागेको हो । र यो भन्दा अगाडी बागमति प्रदेशको भेला भईसकेर बागमति प्रदेशस्तर संगठन गठन भईसकेको छ ।
त्यस्तै १ नं प्रदेश भेलाले पनि संगठनको औपचारिता रहने १ प्रदेश युवा संघका ईन्चार्ज उदिम खड्काले जानकारी दिएका छन् । प्रगतिशील युवा संघ नेपाल नेकपा (माले) पार्टीको भातृ संगठन हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend