logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता, सबै पार्टिकाे आचरणमा समानता


  • जन आकाश
  • शुक्रबार, माघ ३० २०७७

सबै पार्टिकाे आचरणमा समानता💠



भए पाटी धेरै छल कपटले दुष्ट मनका।
सबै भाेगी मात्रै यस मुलुकमा छन् नि तनका।
बसे आलाे पालाे सुख सयल भाेग्दै दलहरू।
सधैं सत्ता हाँक्ने असुर मनकै छन् खलहरू।
(१६
याैटा नाटक रच्न जान्छ पहिले,अर्काे प्रतीक्षा गरी।
बस्दै जान्छ म हेर्छु नाटक भनी,बस्छन् तयारी गरी।
सूची हुन्छ तयार लाै न तिनकाे,त्याे रङ्ग मञ्चै महाँ।
हेर्छन् नाटक त्यै प्रदर्शन गरी,आलाे र पालाे जहाँ।
(१७)
राम्राे देख्न सकिन्छ नाटक जहाँ,चिच्याउँदै मञ्चमा।
याैटा दाँत देखाउने छ तिनकाे,अर्काे बस्याे लन्चमा।
सत्ता पक्ष विपक्षकाे दिनदिनै,देखाउँने दाँत जाे।
छुट्टै बाहिर बस्न जान्छ जहिले,अर्काे त भित्रै गयाे।
(१८)
यस्तै जाल प्रपञ्चले हर घडी,याे देश लुट्दै गए।
नेपाली जनता हरेक पलमा,दुःखादि खप्दै गए।
हे बाबू! जति भुक्छ त्याे कुकुरले,ज्यादै भुकेमा पनि।
त्यस्काे काम हुदैन लाै न घरमा,कैले नपाल्नू भनी।
(१९)
थाेरै मात्र भुकेर बस्छ जसले,त्यै छान्नु तैँले अब।
भुक्ने जे जति छन् यहाँ कुकुर ती,डाँडा कटाएस् सब।
मैले सम्झन जान्छु झट्ट अहिले,बाजेहरूका कुरा।
चिच्याई कन भुक्छ मात्र जहिले,आवाजकाे त्याे छुरा।
(२०)
ऐले साबित भाे नि याे मुलुकमा,कुत्ताहरू जे जति।
भुक्दै मात्र रहन्छ गाउँ घरमा,टाेक्दैन कैले रति।
काेही मालिक सामु आउछ भने,सारै डराई कन।
सुँघ्दै टाँग मुनी पुर्‍याउँछ पुछर् ,चाटेर बस्दै तन।
(२१)
बारम्बार यही भयाे मुलुकमा,लाेभी र पापी हुँदा।
जैले दानव झैँ भए दलहरू,सत्ता नसामा छुँदा।
कुर्सीमा जब बस्छ मानिस गई,त्यै दम्भतामा छिरी।
बस्ने गर्दछ त्यै गएर जनता,दुःखादि नै पिरी।
(२२)

🔺संसद् विघटन पछिकाे अबस्था🔺
सत्ता भित्र पुगेर बस्छ जब क्वै,त्यै दम्भले फुल्दछ।
बाचा जे जनता समक्ष गरिए,उस्ले सबै भुल्दछ।
सत्ता ।
अर्काे जान नपाउदा हरघडी,आखा त्यही पुग्दछ।
सत्ता भित्र पुगेर बस्नु कहिले,भन्दै सदा ऊँग्दछ।
(२३)
मेराे मात्र कुरा सही छ बुझ लाै,भन्दै कुनै उफ्रने।
अर्काे हुन्छ खराे उसै बखतमा,साँढे बनी डुक्रने।
आफ्नै साेच विचार मात्र सबले,राम्राे भनी ठान्दछन्।
अर्काकाे न त सुन्न खाेज्दछ कुरा,आफैँ सबै जान्दछ।
(२४)
सत्ता मात्र ठुलाे भयाे मुलुकमा,नेपाल जाअओस् बरू।
कुर्सीमा म बसाैँ यसै तरहले,जाँदै नजाउन् अरू
नेता बन्न सकेन याे मुलुकमा,भाेगी भए यी सबै।
सच्चा सेवक खै भए दलहरू,सुध्रेन बानी कबै।
(२५)

ताेयानाथ सुवेदी
२०७७/१०/२७

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend