logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले ल्यायो विशेष अफर


  • जन आकाश
  • शनिबार, फाल्गुन १ २०७७

काठमाडौं ।‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्युडिनर अफर ल्याएको हो ।



प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको म्यानेजर बोदेन्द्रराज  खड्काले जानकारी दिए ।

अरिकल इभेन्टको संक्षिप्त परिचय

काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट हो । lलामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ ।

हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ ।नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरी सकेको अरिकल इभेन्टमा सो लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन । अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल इभेन्टमा कुनै पनि किसिमको पार्टी, बिबाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ । सम्पूर्ण निर्माण सामाग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अझ पृथक रहेको व्यवस्थापनको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend