logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एकैसाथ मुक्तकका ५ कृति सार्वजनिक


  • जन आकाश
  • सोमबार, फाल्गुन ३ २०७७

काठमाडौं । यहि ३ गते प्रज्ञाप्रतिष्ठानको कुलपति कार्यकक्षमा लेखक त्रयले सृर्जना गरिएका मुक्तक सग्रहका ५ कृति सार्वजानिक गरिएको छ । लेखकत्रय रुद्र अधिकारी, बिजयध्वज थापा, रविन्द्र आशिष शैलीले लेखेका कृतिहरु सार्वजानिक भएका हुन् ।



मुक्तककार रुद्र अधिकारीले लेखेका उदाङ्गो क्षितिज र विघटित सपना, रविन्द्र आशिष शैलिले लेखेका मध्यान्तर, बिजयध्वज थापाले लेखेका हिजोआज र उखानमा चित्र नामक कृतिहरु नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रतीको प्रमुख आतिथ्यमा, नेपाल प्रज्ञाप्रतिष्ठानकै सदस्य सचीव जगत प्रसाद उपाध्याय, प्रज्ञाकै प्रा.डा. होमनाथ पौडेल, उषा ठाकुर, प्रज्ञ डा. देवी नेपाल बरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, लेखिका पुष्पा धमला लगायतको उपस्थितिमा कृतिहरु कार्यक्रमका प्रमुख अतिथिले संयुक्त रुपमा पाचै कृतिलाई बिमोचन गरि सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिले कोभिडको समस्या उत्पन्न भएपछि लेखक, साहित्कारहरु, कलाकारहरु निरास नहोउन भनेर यसरी मेरै कार्यकक्षमा सिमित मानिसहरु भेला भएर कोभिडको मापदण्ड अपनाई कार्यक्रम गरिदै आएको र पछि प्रविधिको प्रयोग गरेर पनि नेपाली साहित्यलाई जोगाउन आफ्नो तर्फवाट पहल भएको सम्बोधनको क्रममा बताएका थिए ।

अव बिस्तारै समय सहज हुदै गएको र कोभिडलाई पनि मानिसहरुले जित्न थालिसकेको हुनाले यो नै मेरो कार्यकक्षमा हुने अन्तिम कृति बिमोचन हो । अव परिस्थिति सहज भएको हुनाले आउदा कृतिहरु हलहरुमा गर्न पनि कृतिकारहरुलाई आग्रहलाई गरेका थिए । कृतिकारहरुलाई धन्यवाद दिनुका साथै प्रगतिको शुभकामना दिएका थिए ।
कार्यक्रमलाई आकर्षण तरिकावाट निक्कै छोटो मिठो तरिकावाट समापन गराउन त्यसै प्रज्ञा प्रतिष्ठानकी सदस्य राधा कार्कीले भुमिका खेलेकी थिईन ।
मुक्तकार लेखकहरुले यो भन्दा अगाडी पनि अन्य कृतिहरु सार्वजनिक गरिसकेका लेखकहरु ह्ुन् ।

उक्त कृतिहरुलाई लीलाध्वज साहित्य प्रतिष्ठानले प्रकाशन गरी बजारमा ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend